घु’न्सा पर्यटकीय ग’न्तव्य घो’षणा

ताप्लेजुङ । गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) ले फक्ताङलुङ गाउँपालिका–६ स्थित घुन्सालाई पर्यटकीय गन्तव्य घोषणा गरेको कान्तिपुरमा खबर छ । विश्वको अग्लोमध्येको कञ्चनजंघा ९८,५८४ मिटर हिमालको आधार शिविरमा रहेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढाले मिङमा डन्डु शेर्पालाई गन्तव्यको प्रमाणपत्र प्रदान गर्नुभयो । ३१ सय मिटर उचाइमा रहेको घुन्सामा ३३ घर छन् । यहाँका अधिकांश घरपरिवार पर्यटन व्यवसायमा आवद्ध छन् । ६ परिवारले ब्यावसायिक रुपमा होटल सञ्चालन गरेका छन् भने बाँकीमा घरबास (होमस्टे) सञ्चालित छ ।

विगतमा चौंरीपालन गर्ने यहाँका बासिन्दाले अहिले यो व्यवसाय छोडेर विशुद्ध पर्यटन क्षेत्रमा लागेका छन् । वरिपरि पहाडको बीचमा रहेको बस्तीको छुट्टै विशेषता छ । कञ्चनजंघा हिमालको पूर्वी या उत्तरी जुन बेसक्याम्पबाट गए पनि घुन्सा अनिवार्य पुग्नैपर्छ । पर्यटकलाइ यहाँका महिलाहरूले स्याब्रो नाच र धुञ्ज्याङ नाच देखाउने गर्छन् । शेर्पा जातिको मात्रै बसोवास भएकाले नृत्य शेर्पा संस्कृतिमा आधारित छन् ।

सदरमुकाम फुङलिङबाट तीन दिनको पैदलमा घुन्सा पुगिन्छ । यहाँ सदरमुकाम फुङलिङदेखि तापेथोकको रानी पुलसम्म गाडीमा जान सकिन्छ । त्यहाँबाट भने अम्जिलेसा, ग्याब्ला, फले हुँदै पैदल यात्रा गर्नुपर्छ ।

घुन्सादेखि माथि सेलेले लगायत सबै बेसक्याम्पमा होटल गर्नका लागि यहीँका बासिन्दा जाने गरेका छन् । हिउँदमा टम्म हिउँले ढाक्ने यहाँ असोज–कात्तिक र फागुनदेखि जेठसम्म अधिक पर्यटक आउँछन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖