धनकुटाको चौविसेमा साईनिङ्ग कप फुटवल, वुढासुव्वाले हातपार्यो जीत
धनकुटा खबर । धनकुटाको चौविसे गाउँपालिका कुरुले तेनुप्पा माविमा सञ्चालित खुल्ला नकआउट दोश्रो साईनिङ्ग कप पुरुष फुटवल प्रतियोगिताको जीत वुढासुव्वा युवा क्लव कुरुले तेनुपा गढीगाउँ २ ले हात पारेको छ ।
गत वर्ष झै यो वर्षपनि २०७६ सालको वडा दशै तथा दिपावलीको अवसरमा चौविसे गाउँपालिका ४ सुरुङ्गी साईनिङ्ग स्पोटिङ्ग क्लवको आयोजनामा भएको फुटवल प्रतियोगितामा वुढा सुव्वा युवा क्लवले एएफसी राजारानीलाई १ को विरुद्ध २ गोलले हराउदै जीत हात पारेको हो । जीत संगै उसले नगद ५० हजार सहित ट्रफी,मेडल र प्रमाणपत्र पुरस्कार हात पारेको छ ।
प्रतियोगिताको उपविजेता ए एफ सी राजारानीले नगद २५ हजार सहित मेडल र प्रमाणपत्र पुरस्कार हात पारेको छ । प्रतियोगिताको वेष्ट प्लेयर वुढा सुव्वाका अम्वर श्रेष्ठ घोषित भएकाछन् । उनलाई नगद ५ सय सहित ट्रफी,मेडल र प्रमाण पत्र प्रदान गरिएको छ भने हाई स्कोर एएफसी का सुचिन लिम्वुलाई प्रमाण पत्र, मेडल र ट्रफी प्रदान गरिएको छ । र वेष्ट किपर वुढा सुव्वाका खगेन्द्र भण्डारीलाई नगद ५ सय सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिता सञ्चालन जिल्ला फुटवल संघ का रेफ्री सुदिप उराउ,महेश मल्लिक र तुल्सी लिम्वुले गरेका थिए । उनिहरुलाई आयोजकले मायाको चिनो प्रदान गरेको कुरुले तेनुपाका स्थानिय विनोद मगरले जानकारी दिनुभयो । खेल समयअवधिभर मुढेवास प्रहरी चौकीले सूरक्षा प्रदान गरेको थियो । प्रतियोगिताका विजयी समूहहरुलाई क्लवका अध्यक्ष सुन कुमार मगर र वुद्धीजीवि रेन वहादुर थापा मगरले वितरण गरेका थिए । प्रतियोगितामा १९ टिमको सहभागीता थियो ।


