चिनियाँ राष्ट्रपति आएजस्तै गरी ‘फूल रिहर्सल’ गरिदै

काठमाडौं, असोज २३ । नेपालको राजकीय भ्रमणमा आउन लाग्नु भएका चिनियाँ राष्ट्रपति सी चिनफिङको सुरक्षाको ‘फूल रिहर्सल’ आज गरिदैछ । राष्ट्रपति सी आए जस्तै गरी ‘फूल रिहर्सल’ गर्न लागिएको हो ।

दुई दिने राजकीय भ्रमणका लागि उहा शनिबार काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ । राष्ट्रपति सी को सुरक्षार्थ तथा सवारी चलाउनका लागि तैनाथ हुने सुरक्षाकर्मीहरुले आज दिउँसो ३ बजे ‘फूल रिहर्सल’ गर्न लागेको सुरक्षा स्रोतले जानकारी दिएको छ ।

गृहमन्त्रालय स्रोतका अनुसार सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी सम्मिलित टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि राष्ट्रपति सी रहने सोल्टी होटलसम्म पुरै सुरक्षा व्यवस्थाका साथ सवारी चलाएर ‘फूल कार्गेड रिहर्सल’ गर्न लागिएको हो । सो समयमा विमानस्थलदेखी तिनकुने, नयाँ बानेश्वर, माइतिघर, त्रिपुरेश्वर, कालिमाटी हुदै सोल्टी होटल जाने बाटो बन्द गरिने भएको छ ।

राष्ट्रपति सीलाई चीनबाट साथमै आउने निजि अंगरक्षकका साथै पहिलो घेरामा नेपाली सेना, दोस्रो घेरामा नेपाल प्रहरी, तेस्रो घेरामा सशस्त्र प्रहरी र अन्तिम घेरमा नेपाल अनुसन्धान विभागका सुरक्षाकर्मीहरुले सुरक्षा प्रदान गर्ने छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।