प्रहरी दिवस : धनकुटामा उत्कृष्ट काम गर्ने प्रहरी पुरस्कृत

धनकुटा खबर । आज ६४ औं प्रहरी दिवस धनकुटा सहित देशभर विभिन्न कार्यक्रमको आयोजना गरि मनाईएको छ । दिवसकै अवसरमा जिल्ला प्रहरी कार्यालय धनकुटाले शान्ति सुरक्षा स्थापनामा उत्कृष्ट काम गर्ने समाजिक संघ संस्था, अमर प्रहरी परिवारलाई सम्मान र प्रहरीलाई पुरस्कृत गरेको छ ।

सम्मानित हुने संस्थाका पदाधिकारीहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने प्रहरीहरुलाई नगद पुरस्कार प्रदान गरिएको थियो । जिल्लामा शान्ति सुरक्षा स्थापना र लागु औषध नियन्त्रण गर्न महत्वपूर्ण सहयोग गर्ने विभिन्न सामाजिक संघ संस्था, अमर प्रहरी परिवार र उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरीलाई १ नम्वर प्रदेशका न्यान कानुन तथा बिद्यान समितिका सभापति सांसद इन्द्रणमी पुराजुली,प्रदेश सासंद लिला सुब्बा,जिल्ला समन्वय समिति धनकुटाका प्रमुख टंक चौहान, धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ,पाख्रिवास नगरपालिकाका प्रमुख बृख वहादुर राई,महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपाल,धनकुटका प्रमुख जिल्ला अधिकारी डा कृष्ण वहादुर घिमिर,जिल्ला प्रहरी कार्यालय धनकुटका एस पी सुर्दशनराज कोईराला लगायतले सम्मन गरेका थिए ।

सम्मानित हुनेहरुमा अमर प्रहरीको तर्फबाट स्वर्गीय प्रहरी भुपाल आर्चायकी श्रीमती कमला आर्चाय,सामाजिक संघ संस्थाको तर्फबाट महिला पुर्नस्थापना सेवा केन्द्र धनकुटाको तर्फबाट सचिव हिमा कुमारी चेम्जोङ,त्रिवेणी मावि धनकुटाको तर्फबाट प्रधानाध्यापक इश्वरी प्रसाद अधिकारी,गोकुण्डेश्वर मावि बजार धनकुटाको तर्फबाट प्रधानाध्यापक यज्ञ प्रकाश चापागाई,भाषा मावि कागतेको तर्फवाट प्रधानाध्यापक गोविन्द राइ,जाल्पा देवी मावि पाख्रिवास,भानु मावि डाडाबजार र जग्गा दाताको तर्फबाट मुढेवास प्रहरी चौकीलाई जग्गा प्रदान गर्नु हुने मोविन्द्र लिम्बु र हिले प्रहरी चौकीलाई जग्गा प्रदान गर्नु हुने प्रेम प्रसाद लिम्बु रहेकाछन् ।

यसैगरी उत्कृष्ट कार्य सम्पादन गरेकोमा जिल्ला प्रहरी कार्यालय धनकुटाका डि एस पी विजय राज पण्डित,प्रहरी निरिक्षक भाष्कर खतिवडा, सई राजु विष्ट,असई श्याम कार्की,प्रहरी हल्दारहरु ढाग वहादुर श्रेष्ठ, राम कुमार यादव,प्रहरी जवानहरु दिनेश राजबंशी,मनिल राई,कल्पना तामाङ,चन्द्र कुमारी चौधरी,गुनेन्द्र राजबंशीलाई पुरस्कृत गरिएको छ ।

कार्यक्रममा प्रदेश सभा क्षेत्र नं १ धनकुटाका सांसद निरन राई,छथरजोरपार्टी गाउपालिका प्रमुख शेर वहादुर लिम्वु,नेकपा धनकुटाका सचिव ऋषिराम ढुंगाना,नेपाली कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई,समाजवादी पार्टी धनकुटाका सचिव श्रीराम रायमाझी,राष्टिय जनमोर्चा धनकुटाका अध्यक्ष तुलमान राई,सचिव कोपिला शंकर,संघिय लिम्बुवान राज्य परिषदका धनकुटा ईञ्चार्ज चन्द्रसिंह नेम्वाङ,राप्रपा संयूक्त धनकुटाका मिन कार्की,राजपा धनकुटाका अध्यक्ष इन्द्र रसाईली,नेकपा माओवादी कान्तिकारी धनकुटाका सचिव गोपाल विक,धनकुटा जिल्ला समम्वय अधिकारी तिर्थ प्रसाद धिताल,पूर्व प्रहरीको तर्फबाट डम्वर कटुवाल, नेपाल पत्रकार महासंघका १ नम्वर प्रदेश उपाध्यक्ष स्मिता निरौला,नेपाल रेडक्रस सोसाईटी १ नं प्रदेशका अध्यक्ष नरेन्द्र पोखरेल,धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष उमेश घिमिरे,उपाध्यक्ष तारा तुतिंग,धनकुटा बजार व्यवस्थापन समितिका अध्यक्ष विप्लव श्रेष्ठ लगायतका सहभागीहरुले प्रहरी दिवसका अवसरमा एक आपसमा शुभ कामना आदनप्रदान गरेका थिए ।

यसैगरी धनकुटा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृ राम वहादुर थापा,जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रशासकिय अधिकृत जयराम श्रेष्ठ,मानवअधिकार कर्मी बिदुर सुवेदी,नेपाल नागरिक समाजका अध्यक्ष दोर्ण गुरागाई धनकुटा नगरपालिका वडा नं ३ का वडाध्यक्ष विकास घिमिरे,वडा नं ५का वडाध्यक्ष धन कुमार राई,वडा नं ६ का वडाध्यक्ष नरेश श्रेष्ठ,वडा नं ७ का वडाध्यक्ष जंग वहादुर राई,वडा नं १ का सदस्य तथा धनकुटा उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष लालचन गोङ्वा,होटल एशोसिसन धनकुटाका अध्यक्ष खगेन्द्र विष्ट,जिल्ला सहकारी संघ धनकुटाका अध्यक्ष सुन्दर बाबु श्रेष्ठ,महिला अधिकारकर्मी गिता अधिकारी,सुमना तिम्सिना,फोनिज धनकुटाका अध्यक्ष सन्तवीर लामा,रेडियो मकालुका स्टेशन म्यानेजर सोभिष चेम्जोग लगायत सुरक्षा निकायहरुका प्रमुखहरु र सामाजिक संघ संस्थाका प्रमुखहरु र प्रहरीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा वोल्ने वक्ताहरुले शान्ति सुरक्षा स्थापना गर्न सवैको सहयोग भएमात्र सफल हुने वताएका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖