प्रथम शैलुङ कप-२०७६ खुल्ला फुटबल प्रतियोगिताको प्रदेश नम्बर ३ का सामाजिक विकास मन्त्री युवराज दुलालद्वारा उद्घाटन

दोलखा । दोलखाको शैलुङ गाउँपालिका-३,स्थित शैलुङ रङ्गशालामा कार्तिक १ गतेदेखि ६ गतेसम्म हुने प्रथम शैलुङ कप-२०७६ खुल्ला फुटबल प्रतियोगिताको उद्घाटन भएको छ ।

प्रतियोगिताको उद्घाटन शुक्रबार प्रमुख अतिथिको हैसियतले प्रदेश नम्बर ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि मन्त्री दुलालले प्रतियोगिताका साझेदारी गरिरहेका शैलुङ गाउँपालिका र आयोजक क्लबहरुलाई शैलुङ कप-२०७६ को आयोजना गरी खेलकुद क्षेत्रमा इट्टा थप्ने काम गरेकोमा धन्यवाद दिए । मन्त्री दुलालले खेलकुद भन्नेबित्तिकै स्वस्थलाई तन्दुरुस्त राख्ने मध्यम भन्ने बुझिए पनि यसले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरी समृद्धि तर्फ उन्मुख गराउने बताए । यसखाले प्रतियोगिताले स्थानीय स्तरका खेलाडीहरुलाई खेलकुद समेत भविष्य छ भन्ने सन्देश दिएको छ, मन्त्री दुलालले भने ।

समारोहमा दोलखा फुटबल सङ्घका अध्यक्ष गोविन्द श्रेष्ठले मन्तव्यका क्रममा खेलमैदानको अभाव झेलिरहेका जिल्लाका दक्षिण भेगका खेलाडी तथा फुटबल प्रेमीहरुलाई शैलुङ रङ्गशालाले राहत पाएको बताए । उनले थपे- व्यक्तिगत र सङ्घका तर्फबाट प्रदेश सरकारसँग समन्वय गरी आगामी दिनमा शैलुङका खेलकुद क्षेत्रलाई अझ मजबुत बनाउन सहयोग गर्नेछौं ।

कार्यक्रममा शैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलालले सबैको सहकार्यले प्रथम शैलुङ कप-२०७६ खुल्ला फुटबल प्रतियोगिता सम्भव भएकोले सबै धन्यवादको पात्र भएको बताए । अध्यक्ष दुलालले थपे- दोलखाकै ठुलो खेलमैदान शैलुङ रङ्गशालामा हामीले पहिलोपटक खुल्ला फुटबल प्रतियोगिता गर्न पाउँदा एउटा सपना साकार भएको महसुस गरेका छौँ ।

गापाकी उपाध्यक्ष लालमाया योञ्जनले खेलकुदले समेत शैलुङ समृद्धिमा ठुलो भूमिका खेल्ने बताइन् । उपाध्यक्ष लालमायाले विगतका गाउँसभाहरुमा खेलकुद क्षेत्रलाई भनेजस्तो बजेट विनियोजन गर्न नसकेकोमा दुख व्यक्त गरिन् । यसपटकको गाउँसभामा खेलकुदलाई विशेष प्राथमिकतामा राखी बजेट विनियोजन गर्नेछौं उपाध्यक्षले भनिन् ।

वडा नम्बर-३, का अध्यक्ष ध्रुव श्रेष्ठ लगायतले साझेदारी गरिरहेका गाउँपालिका र आयोजकलाई धन्यवाद दिए । वडाध्यक्ष श्रेष्ठले दोलखाकै ठुलो खेलमैदान शैलुङ रङ्गशालालाई अँझ व्यवस्थित बनाउन सधैं तत्पर रहेको बताए । उनले त्यसका लागि प्रदेश सरकार र गाउँपालिकालाई विशेष सहयोग गर्न आग्रहसमेत गरे ।

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक नव शैलुङ लालीगुराँस समाजले ढुङ्गे युवा क्लबलाई ० का विरुद्ध ५ गोलले प’रा॔जित गरेका छन् । प’राजित भएका ढुङ्गे युवा क्लब विरुद्ध एक्लै भारी परेका नवशैलुङका खेलाडी रुपेश श्रेष्ठ म्यान अफ दि म्याच घोषणा भए । एक हजार रुपैयाँ नगद पुरस्कर पाएका खेलाडी श्रेष्ठले ढुङ्गे वि’रुद्ध ४ गो’ल गरेका थिए ।

शैलुङ कपको क्वाटरफाइनलमा नवशैलुङ एसँगै यसअघि बाई पाएर फेदाली युवा क्लब र काटकुटी फुटबल क्लबले स्थान सु’रक्षित बनाइसकेका छन् ।

प्रतियोगितामा ढुङ्गे युवा क्लब, मागापौवा युवा क्लब, सुनौलो चण्डीडाँडा युवा क्लब, फेदाली क्लब, खाँडादेवी समाज, गौतम बुद्ध क्लब, युनाइटेड ठुलोपाखर युवा क्लब, एक्टिभ बोइज खरिढङ्ग, शैलुङ शिखर स्पोर्ट्स क्लब, मुडे युवा क्लब, स्टार शैलुङ युथ क्लब, काटाकुटी फुटबल क्लब र नवशैलुङ ए, बि गरी १४ टिमले भाग लिएका छन् ।

शैलुङ कपका बिजेताले १ लाख १ सय ११ रुपैयाँ नगद, मेडल प्रमाणपत्र, उपविजेताले ५० हजार ५५ नगद मेडल प्रमाणपत्र र प्रतियोगिताको सेमिफाइनल पुग्ने टीमलाई नगद २० हजार ११ रुपैयाँका दरले प्राप्त गर्नेछन् ।

त्यसैगरी प्रतियोगिताका उत्कृष्ट गोलकिपर, डिफेण्डर, स्ट्राइकर, सर्वाधिक गोलकर्ताले जनही २ हजार रुपैयाँ दरले र प्रत्येक खेलका उत्कृष्ट खेलाडीले (म्यान अफ द म्याच)लाई १ हजार रुपैयाँ नगद पुरस्कर प्रदान गर्ने आयोजक जानकारी दिए ।

शुक्रबारको बिहान् १०.०० बजे एक्टिभ बोइज खरिढङ्गका विरुद्ध शैलुङ शिखर स्पोर्ट्स क्लब बीच खेल हुनेछन् । त्यसैगरी १२.०० बजे नवशैलुङ लालीगुराँस बी विरुद्ध युनाइटेड ठुलोपाखर युवा क्लब र २.०० बजे मागापौवा युवा क्लबका विरुद्ध सुनौलो चण्डीडाँडा युवा क्लब गरी ६ टिमले खेल्नेछन् ।

प्रतियोगिता शैलुङ गाउँपालिकको साझेदारीमा स्टार शैलुङ क्लब, नव शैलुङ लालीगुराँस समाज र खाँडा देवी समाजले संयुक्त रूपमा आयोजना गरेको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।