कार्यकर्ता रि’हाईको माग गर्दै विप्लव समुहद्वारा ठाउँ ठाउँमा वि’स्फोट

मोतीराम तिमल्सिना, काभ्रे । विप्लव समुहद्वारा जिल्लाको विकट गाउँपालिका बुढाखानीका विभिन्न स्थानमा वि स्फोट गराएको छ । विद्यालय, स्वास्थ्य चौकी, सडक र सार्वजनिक स्थलहरुमा वि स्फोट गराएको स्थानीयहरुले बताएका छन् ।

विभिन्न समयमा प क्राउ परेका कार्यकर्ता रिहाईको माग गर्दै घोषणा गरिएको आन्दोलन सफल बनाउन विप्लब समुहले जिल्लाका विभिन्न स्थानमा विस्फोट गराएको हो । जिल्लाको महाभारत गाउँपालिकाको साविक बुढाखानी गाविसका विभिन्न स्थानमा सिलिण्डर वम पड्काएको स्थानीयले जानकारी दिएका छन् ।

वम विस्फोटका बारेमा स्थानीयले दिएको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय काभ्रेले प्रहरीको टोली घटनास्थल पठाएको एसपी जयराज सापकोटाले जानकारी दिनु भयो । ‘बुढाखानी डाँडाको लेकमा पड्किएको आवाज सुनेको भन्ने स्थानीयको भनाई अनुसार प्रहरी परिचालन गरिएको छ’–एसपी सापकोटाले भन्नु भयो–‘खोजविनका लागि ब्यापक प्रहरी परिचालन गरिएको छ ।’

स्थानीयले बुढाखानीको साल्मे हेल्थपोष्ट, ठाकुरस्थान प्राविको विद्यालय नजिकै विस्फोट गराएको जानकारी दिएका छन् । त्यस्तै माटे र सिपाली जाने बाटो र ब्रम्हटारमा पनि पड्किएको आवाज आएको सुनेको स्थानीयले बताए । स्थानीयले ब म पड्किएको आवाज सुने लगत्तै घटनास्थलमा पुग्दा सिलिण्डरमा रेशम तार जोडेर डडेको अवस्थामा फेला पारेका थिए भने जंगलमा विप्लब समुहका कार्यकर्ताहरु बसेर आगो बालेको फेला पारेका थिए ।

यस अघि विप्लब समुहका कार्यकर्ताहरुले जिल्लाका विभिन्न स्थानमा चन्दा आतंक मच्चाएका छन् । सहकारी, विद्यालय, होटल, यातायात क्षेत्रका साथै ब्यवसायी र जनप्रतिनिधिहरुलाई चन्दा माग्दै आतकं फैलाएका छन् । न्यूज अफ नेपाल



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖