साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को  २२औं कृति ”सरिता-२” सार्वजनिक

काठमाण्डौ ।  गीत, संगीत, चित्र लेखनबाट निरन्तर तीन दशकभन्दा बढी समयदेखि नेपाली साहित्य, चित्रकारी, गायन र संगीतमा स’मर्पित हुँदै आउनु भएको कवि, गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जन अमरको २२औं कृति पाँच, सात र पाँच हरफबाट सृजना भएको सत्र अक्षरमा तयार हुने जापानी शैलीबाट सृजना हुने हाइकु जसमा भू’त, भविष्य वर्तमानदेखि लिएर वातावरणसम्म अटाउने ब्याख्या गरेमा धेरैभन्दा धेरै कुरा एउटै सृजनामा भेट्न सकिने साहित्य विद्यामा हाइकु नामबाट प्रख्यात सुरेन्द्र महर्जनको बाइसौं कृति ‘सरिता-२’ हाइकु सङ्ग्रह ओएसनेपालको आयोजनामा ओएसनेपाल म्युजिक अवार्ड-२०७६ मा एक समारोहबीच सार्वजनिक गरिएको छ ।

 

ओएसनेपालले हरेक वर्ष प्रदान गर्दै आइ रहेको अवार्ड वितरण कार्यक्रममा यस वर्ष दी’र्घ सम्मानबाट पाँच दशकदेखि निरन्तर गीत, संगीत क्षेत्रमा लाग्नु हुने वरिष्ठ गायिका तिर्थदेवीलाई उक्त सम्मानबाट सम्मानित गरिएको थियो । नोमिनेसनमा पर्नु हुने सबै पुरस्कृत भएको जानकारी गर्नुको साथै अन्ठाउन्न विद्यामा नोमिनेशनमा पर्नु हुने सबैलाई बधाई तथा शुभकामना व्यक्त गरिएको थियोे ।

कार्यक्रममा अन्ठाउन्न विद्या मध्य उत्कृष्ट एकलाई ओएसनेपाल म्युजिक अवार्ड कार्यक्रममा वितरण गरिएको थियो । विवेक कार्कीको सभापतित्वमा प्रमुख अथिती यज्ञलाल श्रेष्ठ अथितिहरू श्वेता खड्का, कृष्ण मल्ल, तिलक सुनुवार, प्रमोद खरेक, यम बराल, धिरज राई आदिको उपस्थितिमा सुगारिका के. सी र नरेश भट्टराईले कार्यक्रम संचालन गरेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।