सडकबाट ३ सय जनाको उ’द्धार गरिन् मेयर रेनु दाहालले, भोलि सडक मानव मु’क्त महानगर घोषणा गरिँदै

चितवन– चितवनको भरतपुर महानगर पालिकालाई ‘सहयोगापेक्षी सडक मानवमु’क्त’ महानगर घोषणा गरिने भएको छ। मानव सेवा आश्रमको सहयोगमा महानगर, स्थानीय प्रशासन लगायत विभिन्न सङ्घ संस्थाले संयुक्त रुपमा शनिवार भरत पुरलाई ‘सहयोगापेक्षी सडक मानवमुक्त’ महानगर घोषणा गरिने भएको हो । यो घोषणासँगै भरतपुर नेपालकै पहिलो सहयोगापेक्षी सडक मानव मुक्त महानगर बन्ने छ ।

सहयोगापेक्षी सडक मानवमुक्त महानगर बनाउनका लागि असोज २७ गतेदेखि बेलुका ८ देखि ११ बजेसम्म महानगरका विभिन्न क्षेत्रका सडकपेटी एवं सार्वजनिक स्थलहरुमा उद्धार एवं परामर्श सेवा शुरू गरिएको छ । सो क्रममा अहिले सम्म ३०० जनालाई उ’द्धार गरिएको महानगरले जनाएको छ ।

उद्धार गरिएकामध्ये वास्तविक संरक्षण दिने खालका जम्मा १० जना भेटिएको र अन्य घर ठेगाना नखुलेका काम गर्न सक्ने रहेको अभियान सञ्चालन गर्दै आएको मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिए । महानगरकी प्रमुख रेनु दाहालले मानव ताका हिसाबले कुनै पनि नागरिक भिख मागेर बस्नु कलङ्कको विषय भएको भन्दै भरतपुरमा कोही पनि नागरिक गाँस, बाँस र कपासका लागि भौतारिने अवस्थाको सदाका लागि अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

मुलुकका १४ जिल्लामा आश्रम खोली करीब दुई हजार बेसहारालाई सडकबाट उद्धार गरिएको र तीमध्ये ८०० लाई परिवारमा पुनः मिलन गराई सकिएको मानवसेवा आश्रमले जनाएको छ । अध्यक्ष अधिकारीले भने, “सीमित स्रोत साधनको प्रयोग र जनमत सङ्कलन अभियानबाटै कुनै पनि दातृ निकायको शर्तको सहयोग नलिई देशमा कोही पनि नागरिक भोकै र नाङ्गै हुनु पर्दैन भन्ने कुराको हरेक नागरिकमा बोध गराउन सक्नुपर्छ ।” रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।