महासंघ धनकुटाको शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न

विकास घिमिरे, धनकुटा खबर, ९ कार्तिक । नेपाल पत्रकार महासंघ धनकुटाले तिहार, नेपाल सम्वत, छड, मंसिरे चाड पर्वको अवसरमा आज धनकुटामा शुभ कामना आदन प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

सुचनाको संवाहकको रुपमा रहेको काग र त्यसको पुजा गर्ने दिन तिहारको अवसर पारेर हरेक बर्ष काग तिहारका दिन महासंघले कार्यक्रममा आयोजना गर्ने गरेको छ ।

महासंघले आयोजना गरेको कार्यक्रमा धनकुटा जिल्ला समन्वय समितिका प्रमुख टंक वहादुर चुवान, महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपाल, सहिदभूमी गाउँपालिकाका अध्यक्ष मनोज राई, धनकुटाका प्रमुख जिल्ला अधिकारी डा.कृष्ण वहादुर घिमिरे, नेकपा धनकुटाका सचिव ऋषिराम ढंगाना,नेपाली कांग्रेस धनकुटाका कोषाध्यक्ष दिनेश राई, जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख सुर्दशनप्रसाद कोईराला, सशस्त्र प्रहरी बल ६ नम्वर गुल्म छिन्ताङ्ग धनकुटाका डि एस पी सचिन कर्माचार्य, जेष्ठ नागरिक धनकुटा नगरका अध्यक्ष टिका प्रसाद घिमिरे नेपाल पत्रकार महासंघ धनकुटाका पूर्व अध्यक्ष तथा नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष विजय सन्तोषी राई, पूर्व अध्यक्ष खगेन्द्र घिमिरे, प्रदेश उपाध्यक्ष स्मिता निरौला, सदस्य सन्तोष रुचाल, राप्रपा संयूक्त धनकुटाका मिन वहादुर कार्की,संघिय लोकतान्त्रिक मञ्चका चन्द्र सिंह नेम्वाङ्क जेष्ठ नागरिक धनकुटा नगरका अध्यक्ष टिका प्रसाद घिमिरे, कान्तिपुर टेलिभिजनका उप सम्पादक विनोद घिमिरे , प्रेस यूनियन अध्यक्ष हिमा चेम्जोङ्ग फोनिज अध्यक्ष सन्तबीर लामा धनकुटा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राम वहादुर थापा, अधिकृत डम्वर रोगु ,वरख गण सल्लेरी व्यारेकका सह सेनानी दिनेश केसी, नेपाल निर्माण व्यावसायी महासंघ धनकुटाका महासचिव यज्ञ राई,लगायतको उपस्थिती रहेको थियो ।

संक्षिप्त रुपमा गरिएको कार्यक्रमको अध्यक्षता नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठले गर्नु भएको थियो भने शुभ कामना आदन प्रदान कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष नगेन्द्र राईले गर्नु भएको थियो कार्यक्रमको संचालन सचिव विदुर खवासले गर्नु भएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।