कागतीको स्तम्भमा ९ वटा वत्ती
धनकुटा । धनकुटाको कागतेमा निर्मित कागतीको स्तम्भ वरिपरी विजुली वत्ती जडान गरिएको छ । पर्यटक आकषर्ण तथा कागते नामलाई जिवन्तता प्रदान गर्न निर्मित यो स्तम्भ वरिपरी तिहारलाई लक्षित गरी ९ वटा वत्ती जोडिएको वडाध्यक्ष विकास घिमिरेले जानकारी दिनुभयो ।
उहाँका अनुसार वत्ती जडान गरि पछि यो स्थान थप आकर्षक देखिएको छ । यहाँ कागतीको स्तम्भ निर्माण गरिए पछि त्यस स्थानमा मानिसहरुको आगमन वृद्धी भएको छ । यसअघि मानिसहरुको खासै चलपहल नहुने त्यस स्थानमा अहिले ठाउँको नाम अनुसारको पहिचान स्थापना र पर्यटकलाई लक्षित गर्दै कागतीको स्तम्भ निर्माण गरिएपछि मानिसहरुको चहलपहल वढेको स्थानियले वताएकाछन् ।
यो स्तम्भ वडा र नगरको गरी करिव ७ लाख ५० हजार लागतमा निर्माण गरिएको हो । कागते कागती,सुन्तला तथा जुनार जस्ता अमिलो जन्य जातका वस्तु पाईने ठाउँले परिचित भएकोले यो ठाउँको नामलाई जीवन्तता दिन र अझ प्रख्यात वनाउन पनि यो स्तम्भ निर्माण गरिएको वडाध्यक्ष घिमिरेको भनाई छ ।


