नेपाल सम्वत ११४० को अवसरमा धनकुटामा सम्मान तथा शुभकामना आदन प्रदान कार्यक्रम

विजय राई ,धनकुटा ।नेपाल सम्वत ११४० को अवसरमा धनकुटाको सिरान बजार यूवा समुह धनकुटा ६ को व्यवस्थापन तथा संयोजनमा नेवा पुच धनकुटाको आयोजनामा शुभ कामना ¥याली,शुभ कामना आदनप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न भयो ।

श्रीवानी चौकबाट नेवार समुदायका जेष्ठ सदस्यहरुबाट टिका फुल लगाएर आ’र्शिवाद लिएर शुरु भएको शुभ कामना ¥याली धनकुटा बजारको विभिन्न भागहरुको परिक्रममा गरी सहिद भीम नारायण चौकमा पुगी शुभकामना कार्यक्रमका साथ सम्मान कार्यक्रम स’म्पन्न भएको थियो ।

कार्यक्रममा १ नम्वर प्रदेश सभाका सांसद कुसुम कुमारी श्रेष्ठले शुभ कामना व्यक्त गर्दै श्रीवानीमा नेवा पुच धनकुटाद्धारा निर्माण गरिने गेटका लागी स&हयोग गर्ने वताउनु भयो । यसैगरी प्रमुख जिल्ला अधिकारी डा.कृष्ण वहादुर घिमिरे, धनकुटा नगरपालिका वडा नं. ६ का वडाध्यक्ष नरेश श्रेष्ठ ,नेवार समुदायका जेष्ठ सदस्य गंगादेवी श्रेष्ठ लगायतले शुभ कामना मन्तव्य व्यक्त गर्नु भएको थियो भने कार्यक्रमको उदेश्यमाथि नेवा पुच धनकुटाका अध्यक्ष नविन किशोर शाक्यले प्रकाश पादै नेपाल सम्वतको महत्वको वारेमा समेत प्रस्तुती गर्नु भएको थियो ।

समुहका अध्यक्ष जिवलाल थेच्मीको अध्यक्षतमा स’म्पन्न भएको कार्यक्रममा धनकुटा नगरका जे’ष्ठ सदस्यहरुलाई स’म्मान गरिएको र एस ई ई नेवार समुदायका विद्यार्र्थीमध्य सर्वोकृष्ठ सर्वोकृष्ठ अंक ल्याई उत्तिण हुने त्रिवेणी मावि धनकुटाका निरज श्रेष्ठ पुस्कृतलाई गरिएको थियो ।

कार्यक्रममा बरख गण सल्लेरी व्यारेकका गणपती कर्णेल भगवान थापा ,जिल्ला प्र’हरी कार्यालय धनकुटका एस पी सुर्दशन कोईराला,स’शस्त्र प्र’हरी बल ६ नम्वर गुल्मका गुल्पती डि एस पी सचिन कर्माचार्य,आदिवासी जनजाती महासंघ धनकुटाका अध्यक्ष सञ्जय सन्तोषी राई,मिसा खल धनकुटाका अध्यक्ष रेणु श्रेष्ठ, खड्की समाज धनकुटाका अध्यक्ष मिलन खड्की,नेवा दे दवु धनकुटका अध्यक्ष श्रीकृष्ण प्रधान,नगर अध्यक्ष रोशन श्रेष्ठ,नेपाल पत्रकार महासंघ धनकुटका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ,घरेलु तथा साना उद्योग महासंघ धनकुटाका अध्यक्ष विजय सन्तोषी राई,नेपाल निर्माण व्यावसायि संघ धनकुटाका अध्यक्ष अर्जुन केसी,फोनिज धनकुटाका अध्यक्ष सन्तवीर लामा,धनकुटा नगरपालिका वडा नं. ५ का वडा सदस्य सिता श्रेष्ठ,वडा नं. ६ का सदस्य बेनु वस्नेत,वडा नं. ७ का सदस्य राम कुमार डंगोल लगायत सहभागी सवै महानुभावहरुले एक आपसमा शुभ कामना आदन प्रदान गर्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖