धनकुटाको मुढेवासमा द्धितीय मेला शूरु
धनकुटा खबर । चौविसे गाउँपालिका २ मुढेवासमा आजवाट तीनदिने द्धितीय मेला शूरु भएको छ । शूक्रवारे वजार व्यवस्थापन समितिद्धारा आयोजित मेलाको चौविसे गाउँपालिका २ का वडाध्यक्ष ममिन्द्रि कुमार लिम्वुले उद्घाटन गर्नुभएको हो ।
वजार व्यवस्थापन समितिका अध्यक्ष चन्द्र वहादुर श्रेष्ठको अध्यक्षतामा सञ्चालित कार्यक्रमको वीच वडाध्यक्ष लिम्वुले मेलाको उद्घाटन गर्नुभएको थियो । पहिले देखी नै तिहाको अवसरमा लाग्दै आएको यो मेला २०४५ ०४६ साल देखी व्यवस्थापनको अभावका कारण वीचमा लाग्न छाडेको थियो ।
परम्परागत रुपमा लाग्दै आएको यो मेलालाई पून निरन्तरता दिने लक्षका साथ फेरी स्थानिय तथा वजार व्यवस्थापन समितिको सक्रियतामा पून तीन वर्षदेखी यो मेला वर्षैपिच्छे लाग्दै आएको नेकपा चौविसेगाउपालिकाका प्रचार विभाग प्रमुख तथा त्यहाँका स्थानिय शालिग्राम पौडेलले जानकारी दिनुभयो ।
यसैवीच मेलाको अवसरमा आजैवाट शूरु भएको खुल्ला पुरुष भलिवल प्रतियोगिता अन्र्तगत आज तीन वटा खेलहरु भएका छन् । जसअनुसार आयोजक र टोड्के वीच भएको खेलमा टोड्केले जीत हात पारेको छ भने कुरुले तेनुपा र आहाले वीचको खेलमा आहालेले कुरुले तेनुपालाई हराएको छ ।
त्यस्तै अर्को खुल साहारा क्लव र सेर्जेम्वा वीच खेल भएको दिपेन्द्र आले मगरले जानकारी दिनुभयो । भोलिको खेल १२ वजेदेखी हुनेछ । १२ टिमले सहभागीता जनाएको प्रतियोगिताको विजयी प्रगम समूहले नगद २० हजार सहित ट्रफी,मेडल र प्रमाण पत्र पुरस्कार प्राप्त गर्नेछ भने दोश्रो हुनेले नगद १० हजार सहित ट्रफी,मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ ।
मेला उद्घाटन कार्यक्रममा मुढेवास प्रहरी चौकी प्रमुख शेखर श्रेष्ठ,स्वास्थ्यचौकी प्रमुख मेघराज लिम्वु,वुद्धीजीवि गजेन्द्र घिमिरे सहित विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनीधिहरुको उपस्थििती थियो । कार्यक्रममा स्वागत मन्तव्य शिक्षक मान वहादुर वस्नेतले राख्नुभएको थियो ।


