विदेश पठाइदिने भन्दै ठ’गेको आरोपमा एक दम्पती प’क्राउ
काठमाडौं, कात्तिक १७ । विदेश पठाइदिने भनेर ठ’गी गरेको आ’रोपमा एक दम्पतीलाई महानगरीय अपराध महाशाखाले पक्’राउ गरेको छ ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२ बस्ने विजय थिङ र उनकी श्रीमती सजना थिङलाई पक्’राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए ।
उनकाअनुसार उनीहरुले बैंकिङ कारोबार ललितपुरमा गरेको पाइएकाले आरोपीलाई थप कारबाहीका लागि आइतबार महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको छ ।

वैदेशिक रोजगारका सिलसिलामा कामदार भिसामा आकर्षक तलब पाउने प्र’लोभन देखाएर लाओस पठाइदिने भनी उनीहरुले पीडितबाट रु २४ लाख २० हजार ठगी गरेको खुल्न आएको महाशाखाले जनाएको छ । पी’डितलाई लाओस र भारत पुर्याएर अ’लपत्र पारी उनीहरु फरार भएको आरोप छ ।
रामेछापका नविनकुमार तामाङसमेत चारजनाले गत असोज ५ गते दिएको जाहेरीका आधारमा महाशाखाको टोलीले उनीहरुलाई यही कात्तिक १५ गते हेटौंडाबाट पक्राउ गरेको थियो । ठगी प्रमाणित भए अधिकतम् पाँच वर्ष कैद तथा विगो र जरिवानासमेत हुने व्यवस्था छ ।


