सरकारको नजरमा नपरेको मुगुको तामा खानी, गाँउका मानिसहरुले खानीबाट तामाका डल्लाहरु निकाल्ने
मुगु- मुगु जिल्लामा रहेको मकामारो गाउँपालिका वडा नम्बर १ डोल्फुमा रहेका ३ बटा तामा खानी सरकारको बेवास्थाका कारण अहिले अलपत्र परेका छ । मुगुको डोल्फु गाँउ नजिकै रहेका ३ बटा तामा खानी पालाजे,ईटिङ, र थाङवाक नामका खानीहरु अहिले यसै अलपत्र परेका छन् । केहि दशक अघिसम्म डोुल्फु गाँउका मानिसहरुले खानीबाट तामाका डल्लाहरु निकाल्ने गरेका थिए ।
तामा खानीबाट निकालिएका तामाका डल्लालाई आगोमा पकाएर विभिन्न प्रकारका तामाका भाडाकुँडा बनाएर प्रयोग गर्ने गरेको स्थानीयबासीहरुले बताउने गरेका छन् । अचेल ती तामाखानीहरु उत्खनन् नहुँदा पुरिँदै जान थालेको छ । २०२४सालबाट तत्कालिन सरका रले डोल्फुको तामाखानी उत्खनन्मा प्रतिबन्ध लगाएको थियो । पुरानो ब्यवस्था खारजी भई नयाँ ब्यवस्था लागू भएपनि सरकारले अझै तामा खानी उत्खनन् गर्न फुकुवा गर्न कुनै चासो नदेखाएको स्थानीयको गुनासो छ ।
खानी उत्खनन् हुन सके स्थानीयले गाँउमानै रोजगार पाउने र आयआर्जन बृद्धी हुने आशा गरेका छन् । मुगमकामारो गाँउपालिका वडा नम्बर १का वडा अध्क्षय सोनाम आङजी तामाङले गाँउ पालिकाको गाँउ सभाबाट तामा खानी उत्खनन्को लागि माथिल्लो निकाय संघिय सरकारसंग आग्रह गरेको बताए । मुगम कामारोङ गाँउपालिकाका अध्क्षय छिरिङ क्याप्ने लामाले तामा खानी मात्र नभई मुगुको सानो काईकी क्षेत्रमा फलाम खानी समेत रहेको जानकारी गराएका छन् ।


