क्याम्पसमा प्रथम हुने कविता जो सरकारी अधिकृत बन्न चाहन्थिन तर बिच बाटोमै यसरी टु’ट्यो सबै सपना !

दोलखा । आइतबार चौतारा साँगाचोकगढी नगरपालिका ९ को सुकुटेस्थित सुनकोशी नदीमा भएको बस दु’र्घटनामा ज्या’न गुमाएका १४ वर्षीय रिकेश खड्का ६४ वर्षीय हरिबहादुर खड्काका एक्ला सन्तान हुन् ।

दुईवटा विवाहबाट सन्तान नजन्मिएपछि तेस्रो विवाह गरेका हरिबहादुरको ५० वर्षको उमेरमा जन्मिएको एक्लो छोराको समेत दु’र्घटनामा निधन भएपछि उनी गहिरो पीडामा छन् । छोरालाई इन्जिनियर बनाएर विकासमा लगाउने खड्काको इच्छा सुनकोशीमा क्षणभरमै वि’लिन भयो।

सोही दु’र्घटनामा ज्या’न गुमाएकी २० वर्षीय कविता राउतको सरकारी जागिर खाएर अधिकृत बन्ने लक्ष्य रहेको उनकी फुपू सरस्वती राउतले बताइन् । सदरमुकामको कालिञ्चोक माविबाट भर्खरै एजुकेशन साइन्समा प्लसटुमा ३ दशमलब ४१ जीपीएसहित क्याम्पस प्रथम भएकी थिइन।

सरकारी जागिरको तयारी कक्षा र स्नातक तहको पढाइका लागि भर्ना हुने लक्ष्यसहित बिहान हाँसीखुशी बस चढेकी कविताको नि’धनको खबरले उनकी आमा अम्बिका राउत छिन छिनमा मु’र्छा पर्छिन्।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।