मेलम्चीको समस्या छिट्टै समाधान हुन्छ : मन्त्री मगर

काठमाडौं । खानेपानी तथा सरसफाई मन्त्री बीना मगरले बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनामा देखिएका समस्या समाधान हुने क्रममा रहेको बताउनुभयो । आयोजनाको निरीक्षणका लागि बुधबार सिन्धुपाल्चोकको मेलम्चीस्थित आयोजना स्थल पुगेकी मन्त्री मगरले सञ्चारकर्मीहरुसँग कुरा गर्दै सबै समस्याहरु चाँडै समाधान हुने बताउनुभयो ।

आयोजना निर्माणको जिम्मा पाएको इटलियन कम्पनी सीएमसी काम छाडेर भागे पछि उत्पन्न भएका समस्या समाधान गर्न सरकार लागि परेको समेत बताउनुभयो । उहाँले भन्नुभयो– ‘कामदारको रकम भुक्तानी लगायतका समस्या छन्, यसका लागि सरकार गम्भीर छ ।’

स्थानीय कामदारको पारिश्रमिकबारे मन्त्रालयको सहसचिवको एउटा समिति बनिसकेकाले आवश्यक छानबिन थालिसकेको समेत उनले जानकारी दिनुभयो । उक्त समितिले कसको कति तिर्न बाँकी छ भनेर अध्ययन गर्ने र त्यसपछि सबैको रकम भुक्तानी हुने उहाँले बताउनुभयो ।

‘आयोजना कहिले सम्पन्न हुन्छ भन्ने प्रश्नको उत्तर भने मन्त्री मगरले दिन मान्नुभएन । उहाँले भन्नुभयो– ‘अहिले नै कहिले बन्छ भनेर मिति नभनौं होला, उद्घाटन हुने तयारी भए पनि तपाईहरुलाई जानकारी दिन्छौं ।’

ठेकेदारले छाडेर जाँदा काममा ढिलाई भए पनि अब भने काम चाँडै हुनेमा आफू विस्वस्त रहेको उहाँले बताउनुभयो । मेलम्ची खानेपानी आयोजनाका लागि आवश्यक पूर्वाधार र आगामी कार्ययोजना बनाइसकेकाले मन्त्रालय, आयोजनाको टिम एकजुट भएर लागिरहेको छ ।

आयोजनाको समय थपिँदै जानुले राम्रो सन्देश नदिएको भन्दै मन्त्री मगरले सिएमसीपछिको नयाँ ठेकेदार कम्पनीले उत्साहजनकरुपले काम गरेको दाबी समेत गर्नभयो । मन्त्रालयको विशेष टोलीले यसबारे गहिरो रुपमा केलाएर कामलाई अगाडि बढाइरहेको भन्दै मेलम्ची राजधानी नपुग्दा वर्षौंको प्यास मेटिन नपाएको भन्दै काम पूरा गरेरै छाड्ने प्रतिबद्धता जनाउनुभयो ।

आयोजनाको अनुगमनका लागि प्रतिनिधि सभाको विकास तथा प्रविधि समिति मंगलबार नै मेलम्ची पुगेको थियो । आयोजनाको प्रगतिबारे अनुगमनका लागि पुगेको संसदीय समितिकी सभापति कल्याणी खड्कासहितको टोली र मन्त्री मगरबीच केहीबेर अनौपचारिक संवाद भएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।