अघि ब’ढ्यो प्रधानमन्त्री ओलीको अर्को सपना ! : दैलेखमा पे ट्रोलियम अ’न्वेषणको काम शुरु

दैलेख । प्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा लिएको महत्वकाक्षी योजनाले सार्थकता पाउने देखिएको छ । नेपालका पहाडी जिल्लामा पेट्रोलियम पदार्थ रहेको तथ्य पत्ता लागेपनि त्यो खोजी गर्न कसैले चासो दिएका थिएनन् । तर, प्रधानमन्त्री ओलीको अग्रसरतामा यो काम अहिले धामधम अगाडी बढिरहेको छ ।

दैलेखका विभिन्न स्थानहरूमा चिनियाँ विशेषज्ञ टोली र नेपाल सरकारको खानी तथा भूगर्भ विभागको टोलीले अहिले पेट्रोलियम अन्वेषणको कामलाई तीव्र बनाएको छ। नाबिस्थान, शिरस्थान, पादुकालगायतका स्थानमा चाइना जिओलोजिकल सर्भे र नेपालको खानी तथा भूगर्भ विभागको टोलीले पेट्रोलियम पदार्थ अन्वेषणको काम तीव्रता रुपमा अघि बढाएको विभागका अन्वेषण अधिकृत गुणराज त्रिपाठीले जानकारी दिनुभयो ।

अन्वेषणका लागि आवश्यक सामान राख्ने, चीनको अन्वेषण टोली र कामदार बस्ने क्याम्प डुगेश्वर गाउँपालिका–१ को कुप्रा बजार नजिक निर्माण गरिएको छ । अन्वेषण अधिकृत त्रिपाठीका अनुसार भू–सतहभित्र पेट्रोलियम पदार्थ भएकाले अहिले साइस्किम सर्वेको काम अघि बढाइएको र अन्य तीनवटा सर्वेका काम पनि एकैसाथ अगाडि बढाइएको छ । दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषणका लागि नेपाल सरकार खानी तथा भूगर्भ विभाग र चीन सरकारको चाइना जिओलोजिकल सर्भे कम्पनीबीच दुई अर्ब ४० करोड रुपैयाँको सम्झौता भएको छ ।

चीनको बिज्ञ टोलीले पहिलो चरण (१० महिना)मा तानसेन तथा दैलेख क्षेत्रमा भौगर्भिक तथा पेट्रेलियम सर्भेसहित दैलेखमा ड्रिलिङ साइट पहिचानको काम गर्ने छ । योजनाअनुसार दोश्रो चरण (११ देखि २८ महिना) मा दैलेख क्षेत्रमा ड्रिलिङ कार्य सम्पन्न गरिनेछ । तेश्रो चरणमा (२९ देखि ३६ महिना) मा नेपालमा समग्र पेट्रोलियम भौगर्भिक अवस्थावारे अध्ययन भई सर्भे प्रतिवेदन प्राप्त हुनेछ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।