नेपाल भारतबीच सीमा वि’वादबारे चीनको यस्तो प्रतिक्रिया

काठमाडौं । चीनले नेपाल–भारतबीच जारी कालापानी क्षेत्रको सीमा विवादबारे प्रतिक्रिया दिएको छ । सञ्चारकर्मीसँगको छलफलपछि आज काठमाडौंस्थित चिनियाँ राजदूतावासका प्रवक्ता वाङ सिओयोलोङले जारी गरेको ‘प्रेस नोट’मा कालापानी क्षेत्रको विवाद नेपाल र भारतले वार्ता र परामर्शकै आधारमा टुंग्याउनु पर्ने चीनको सदीच्क्षा रहेको उल्लेख छ ।

चीनले सधैं नेपालको भौगोलिक अखण्डता र सार्वभौमसत्ताको सम्मान गरेको भनिएको ‘प्रेस नोट’मा नेपाल, भारत र चीनको त्रिदेशीय बिन्दूबारे भने केही उल्लेख छैन ।

चार वर्ष अगाडि भारत र चीनबीच लिपुलेक नाकामार्फत व्यापारिक कारोबार गर्ने सहमति हुँदा त्रिदेशीय बिन्दूको प्रयोगबारे दुई देशले मात्रै सहमति गरेको भन्दै नेपालले आपत्ति जनाएको थियो । चीनबाट पनि नेपाली भूभाग मिचिएको समाचार र टिप्पणीप्रति भने चिनियाँ दूतावासले असन्तुष्टी जनाएको छ ।

केही गैरजिम्मेबार सञ्चारमाध्यम र व्यक्तिले लगाएको आरोप आधारहिन रहेको भन्दै प्रवक्ता वाङले त्यसलाई जनताको ध्यान अन्त मोड्ने गरी भ्रम सिर्जना गर्ने प्रयास भनेका छन् ।

नेपाल र चीनबीच सन् १९६१ मा भएको सीमा सन्धीको पृष्ठभूमि उल्लेख गर्दै चिनियाँ दूताबासले त्यही आधारमा सीमांकन भएको स्पष्ट पारेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।