रा ष्ट्रिय गौ रवका आयोजनामा ध्यान गएनः नेता लेखक

बैतडी । नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले वर्तमान सरकारले झुट बोलेर जनतालाई ढाँटेको आरोप लगाएका छन् ।

दोगडाकेदार गाउँपालिका–४ कपिन्नामा आज आयोजित चुनावी सभामा उनले ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा लगाउने सरकारले देशमा समृद्धि ल्याउन कुनै योजना ल्याउन नसकेको बताए ।

काँग्रेसको सरकार भएको बेला प्रशस्त बजेट छुट्टयाएको महाकाली कोरिडोरमा वर्तमान सरकारले बजेट नछुट्टयाएकामा नेता लेखकले आपत्ति व्यक्त गरे ।

उनले भने, ‘सुदूरपश्चिमका राष्ट्रिय गौरवका आयोजनामा सरकारको ध्यान जान सकेको छैन ।’ वर्तमान सरकारले प्रेसलाई अंकुश लगाउने, संवैधानिक परिषद्लाई पार्टीकरण गर्ने काम गरेको उनको भनाइ थियो । रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖