प्रदेश १ को १ स्थानिय तहमा अझै पुगेन बैंक
हरेक तथ्याङ्क शुद्ध हुनु आवश्य
धनकुटा खबर । तथ्याङ्गक राष्ट्रक सम्पती भएकोले हरेक तथ्याङ्गकमा शुद्धता हुन आवश्यक रहेको धनकुटामा आज गरिएको एक कार्यत्रक्रमा सरोकार वलाहरुले बताएका छन् ।
नेपाल राष्ट्र बैंक विराटनगरले धनकुटामा गरेको आर्थिक तथ्याङ्गकको महत्व उपादेयता तथा तथ्याङ्गक संकलनका समस्या बिषय गोष्ठीमा बोल्दै सरोकार वालाहरुले तथ्याङ्गकको महत्व पूर्ण हुने भएको र त्यस्तै तथ्याङ्गकको बिश्लेषण गररे सरकारले गर्ने कार्यतय हुने भएकोले आर्थिक देखि लिएर सबै तथ्याङ्गक शुद्ध हुनु पर्नेमा जोड दिएका हुन् ।
नेपाल राष्ट्र बैंक सरकारको प्रमुख आर्थिक सल्लाकार भएकोले सरकारी तथा अन्य निकायले उपलब्ध गराउने तथ्याङ्गकले महत्व राख्ने धारण राख्दै नेपाल राष्ट्र बैंक विराटनगरका अनुसन्धान ईकाईका उपनिर्देशक इश्वरी कुमार कटुवाले आर्थिक कानुननिर्माण गर्ने बजेट तथा मौद्रिक निती बनाउन आर्थिक गतिविधीको बिश्लेषण गर्न तथ्याङ्गक महत्व पूर्ण स्रोत रहेको बताए ।

कार्यक्रमा बोल्दै सरकारी कार्यलयका प्रतिनिधीहरुले सरकारी निकायको समन्यय नहुदाँ तथ्याङ्गक एक रुपतामा नरहेको धारण राखेका थिए । नेपाल राष्ट्र बैंक विराटनगरका अनुसन्धान ईकाईका उपनिर्देशक इश्वरी कुमार कटुवाले कार्यपत्र प्रस्तुत गर्दै प्रदेश न १ का १ सय ३७ स्थानिय तहका मध्ये १ सय ३६ स्थानिय तहमा बैंक पुगि सकेको जानकारी दिदै प्राविधीक कारणले ताप्लेजुङ्गको १ स्थानिय तहमा बैंकिङ्ग सेवा विस्तार गर्न नसकिएको बताए ।
कार्यक्रममा आफ्नो भनाई राख्दै धनकुटा बहुमुखि क्याम्पसका सहायक क्याम्पस प्रमुख किरण घिमिरेले राष्ट्र बैंकले प्रस्तुत गरेका तथ्याङ्गक हेर्दा देशमा अझै लगानीको बताबरण नभएको हो की जस्तो देखिएको बताउदै पछिल्लो समयमा बैंकहरुमा देखिएका समस्याले गर्दा अब राष्ट्र बैंकले बैंकहरको संख्या थप्ने भन्दा पनी गुणात्मक बनाउन आवश्यक रहेको बताए ।
कार्यक्रमा बोल्दै नेपाल राष्ट्र बैंक विराटनगरका निर्देशक रोशनकुमार सिग्देलले नेपालको जिडिपीमा रहेको कृषि क्षेत्रको तथ्याङ्गक सबै भन्दा महत्वपूर्ण रहेको बताउदै कृषि क्षेत्रको तथ्याङ्गक सानो फरकले समेत आर्थिक क्षेत्रमा ठूलो असर गर्ने बताए ।
कार्यक्रमा अन्य निकायका प्रतिनिधीहरुले आर्थिक तथ्याङ्गकको महत्व उपादेयता तथा तथ्याङ्गक संकलनका समस्या लगायतका बिषयमा कार्यक्रमा आफ्ना धारण सुझाब राखे पनि धनकुटामा संचालनमा रहेका बैंकका प्रतिनिधीहरुले भने आफ्ना कुनै पनि धारण र सुझाब राखेन्न ।


