महिला स–श’क्तिकरणका कार्यक्रमहरु सञ्चालन गर्ने
धनकुटा खबर । लैं गिक हिं सा न्यू निकरणका लागि सचेना तथा महिला स–शक्तिकरणका कार्यक्रमहरु सञ्चालन गर्ने सरोकारवालाहरुले प्र तिवद्धता जनाएकाछन् ।
महिला हिं सा वि रुद्धको १६ दिने अभियान २०१९ को सन्दर्भमा महिला पुन:स्थापन सेवा केन्द्र धनकुटा र मानव अधिकार रक्षक सञ्जाल धनकुटाको संयुक्त आयोजनामा आज धनकुटामा सञ्चालित लैं गिक हिं सा न्यूनिकरण तथा प्रभावितको संरक्षण र न्यायमा पहुँचका लागि सरोकारवालाको भूमिका विषयक अन्तर संवाद कार्यक्रमका सहभागी सरोकारवालाहरुले त्यस्तो प्र तिवद्धता जनाएका हुन् ।
प्रदेशसभा संसद ईन्द्रमणी पराजुलीको प्रमुख आतिथ्य एवम् महिला पुनस्थापना सेवा केन्द्रका अध्यक्ष जया राईको अध्यक्षतामा भएको कार्यक्रममा वोल्दै उनिहरुले यस्ता लैं गिक हिं सा न्यूनिकरण तथा प्रभावितहरुको संरक्षणका लागि प्रभावकारी रुपमा सचेतना तथा स–शक्तिकरणका कार्यक्रम सञ्चालन गर्ने र पीडित महिलाहरुको संरक्षण गर्दै आएको महिला पुन:स्थापन केन्द्रलाई आगामी दिनमा सहयोग गर्ने वताएकाछन् ।
कार्यक्रममा सहभागीहरुले राखेको जिज्ञासा र सवालको प्रदेश सांसद पराजुली सहित धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङ्ग, प्रमुख जिल्ला अधिकारी कृष्ण वहादुर घिमिरे, जिल्ला प्रहरी कार्यलय धनकुटाका एसपी सुदर्शन कोईराला, सरकारी वकिल कार्यलयका वकिल हेमचन्द्र रेग्मि लगायतले जवाफ दिएको महिला पुन:स्थापन सेवा केन्द्र धनकुटाका उपाध्यक्ष सुक्रि रार्ईले जानकारी दिनुभयो ।
महिला पुन:स्थापन सेवा केन्द्रमा सेवा लिन आउने पी डित महिलाहरुको संख्यालाई हेर्ने हो भने पछिल्लो समय हिं साका घ टना वढ्दै गएको पाईएको उहाँले वताउनुभयो । धनकुटा नगरपालिकाको सहयोगमा भएको कार्यक्रमको सञ्चालन महिला मानव अधिकार रक्षक सञ्जाल धनकुटाका अध्यक्ष हिमा चेम्जोङ्गले गर्नुभएको थियो ।


