धनकुटास्थित टंक माविमा ‘आमा समूह’ गठन

शर्मिला राई, धनकुटा खबर, मंसिर २७ । धनकुटा २ भीर गाउँको श्रीमान टंक माद्यमिक विद्यालयमा आमा समूह गठन गरिएको छ । सामाजिक विकास मन्त्रालय प्रदेश १ को रणनीति अनुसार विद्यालयमा अध्ययनरत वालवालिकाहरुको अभिभावकहरु मध्यवाट युवादेवी थापाको अध्यक्षतामा १४ सदस्यीय आमा समूह गठन गरिएको हो ।

धनकुटा नगरपालिका २ का वडाध्यक्ष चन्द्रलाल तामाङको प्रमुख आतिथ्य तथा विद्यालयका प्रधानाध्यापक नर वहादुर विश्वकर्माको अध्यक्षतामा वसेको वैठकको वीच गठन गरिएको आमा समूहको उपाध्यक्षमा कमला मगर, सचिवमा रुपा वनेम र सह-सचिवमा यशोदा दर्नाल रहेकाछन् ।

त्यस्तै अन्य सदस्यहरुमा गोमा भण्डारी, कल्पना विष्ट, अनिता खनाल, सम्झना राई, सुभद्रा गुरागाई, देवीका दर्जी, मूना खत्री, योगशिला गुरागाई (घिमिरे) तारा वस्नेत र सन्ध्या घिमिरे रहेकाछन् । वैठकले पोषाक व्यवस्थापनमा एक रुपता कायम गर्न सवै विद्यार्थीहरुलाई ट्रयाकको व्यवस्थापन गर्ने,ट्रयाक खरिदका लागि आवश्यक रकम अभिभावकले नै वेहोर्ने निणर्य समेत गरेको विद्यालयका प्रधानाध्यापक विश्वकर्माले जानकारी दिनुभयो ।

वैठकमा सवागत मन्तव्य सह-प्रधानाध्यापक पुष्कर गुरागाईले राख्नुभएको थियो भने सञ्चालन शिक्षक सरोज दाहालले गर्नुभएको थियो । वैठकमा विभिन्न टोलवस्तिका अध्यक्ष,प्रतिनीधि,विद्यालय व्यवस्थापन समितिका सदस्य,विभिन्न संघ संस्थाका प्रतिनीधि सहित अभिभावकहरुको उपस्थिती थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।