गैर आवासीय नेपाली संघ साईप्रसद्धारा सु रक्षित घर संचालनमा

दिनेश गौतम, साइप्रस –युरोपियन देशहरु मध्ये एक साईप्रसमा पहिलो पटक नेपालीहरुका लागि सुरक्षित घर गत आईतवार देखि संचालनमा आएको छ । गैरआवासीय नेपाली संघ, साइप्रसको संयोजन तथा यहा रहेका विभिन्न सघंसस्था तथा समाजसेबीहरुको अथक प्रयास पछि सुरक्षित घर उद्घाटन गरिएको छ ।

पछिल्लो समयमा साईप्रस देशमा नेपालीहरुको प्रवेश बढेसगैं यहा रहेका बिभिन्न घरेलु कामदार तथा विद्यार्थी भिसामा आएकाहरुलाइ नेपालीहरुमा अन्यत्र काम खोज्ने समयमा डेरा नपाएर बिभिन्न बाध्यतामा बस्नुपरेको , दलालहरुको फन्दामा परेर धेरै नै समास्यामा परेकोले यसलाई निराकरण गर्ने तथा काम नपाउन्जेल तथा उहाहरुको समस्या समाधान नहुन्जेल सम्मका लागी सहयोग पुगोस भन्ने उदेश्यका साथ सुरक्षित घर संचालनमा ल्याइएको एन आर एन ए साईप्रसका सचिव पुर्ण मगरले जानकारी दिएका छन ।

साईप्रसमा बिगत २ बर्षको लामो मिहेनतपछि सुरक्षित घर निर्माण सम्पन्न भएकोले यसलाई दिगो एवं प्रभावकारी ढंगले व्यवस्थापन खातिर यहा रहेका विभिन्न सघसस्था , समाजसेबी लगाएत सरोकारवालाहरुको उपस्थितिमा अगामी दिनमा बैठक बसाइ उचित कार्यविधी निर्माण गरि जारी गरिने एन.आर.एन.ए. साईप्रसका सह कोषाध्यक्ष अनिल भण्डारीले बताए ।

सुरक्षित घरको उदघाटन अवैतानिक नेपाली बाणिज्य दूतावासका मानार्थ वाणिज्य दुत डा। रामजिवन पन्जियारले गर्नु भएको थियो । यो सुरक्षित घरलाई दिगो ब्यवस्थापनका लागि यहा रहेका सघंसस्था तथा एन.आर.एन.एले आफुलाई संरक्षकको जिम्मेवारी दिएकोमा आफु खुसि लगाएत साईप्रसमा रहेका हरेक नेपालीहरुको दुखमा साथ दिने डा. पन्जियारले प्रतिबघता जनाएका थिए । सुरक्षित घर स्थापनाका लागि सुरुवाती चरणमा धेरै बाधा अडचन आउको सम्झदै अब आफुहरुले सोचेको काम पुरा भएको एनआरएनए पुर्वअध्यक्ष एवं प्रमुख संरक्षक सुवास मल्ल खुसि प्रकट गर्दे अब सुरक्षित घरलाई जोगाउन यहा रहेका सबै सघंसस्था तथा समाजसेबीहरुको खाचो रहेका बताए ।

त्यस्तै सोही कार्यक्रमको अवसर पारी एन आर एन ए साइप्रसले सेफहाउस निर्माणमा बिभिन्न रुपमा सहयोग गर्ने सहयोगि दाताहरुलाई समेत प्रमाणपत्र सहित सम्मान गरिउको थियो। सुरक्षित घरमा अहिले १० ओटा बेड सहित किचन बाथरुम सहित अत्यअवस्यक सर समानहरु उपलब्ध रहेकोएन.आर.एन.ए.साईप्रसका सदस्य नितेश सरदारले जानकारी दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖