सरकारले ताेके अनुसार पारिश्रमिक नपाएकाे चिया मजदुरको गु’नासाे
धनकुटा खबर, पौष ३ । सरकारले ताेके अनुसार पारिश्रमिक अझै पनि अाफुहरुले नपाएकाे चिया मजदुरहरुले गुनासाे गरेकाछन् ।
श्रम तथा मजदुर संघ पाख्रीवासको प्रथम नगर स्तरिय अन्तरक्रिया कार्यक्रममा उनिहरुले त्यस्तो गुनासो गरेकाहुन् । चिया मजदुर संघ पाख्रीवासको आयोजनामा सञ्चालित अन्तरक्रियामा वाेल्दै उनिहरुले कतिपय टि स्टेट ले आफुहरुलाई राज्यले तोकेको न्यूनतम पारिश्रमिक नदिएको,जति पारिश्रमिक दिईन्छ त्यो पनि समयमा नदिईएको गुनासो गरेका हुन् ।
चिया मजदुरहरुको तर्फवाट वोल्दै पाख्रीवास ३ का हर्क वहादुर तामाङले अाफुले काम गरिरहेकाे संस्थाले मजदुरहरु निकालेर काम गरिखाने मजदुरकाे राेजगारी खाेसेकाे वताउनुभयाे । राज्यले सवैलाई स्वराेजगार वनाउने भन्छ तर काम गरिरहेकाे ठाउवाट कामदार निकालिन्छन अनि कसरी हुन्छ स्वराेजगार भन्दै याे सम्या हल गर्न सम्वन्धित पक्षलाई अनुराेध गर्नुभयाे । उहाँ कृषि अनुसन्धान केन्द्रमा काम गर्दैअाएकाे वताउनुहुन्छ ।

त्यस्तै गुरासे टि स्टेट अाफु काम गर्ने वताउदै पाख्रीवास ४ की रमादेवी कार्कीले आफुहरुले राज्यले ताेकेकाे परिश्रमिक अझै नपाएकाे वताउनुभयाे । उहाका अनुसार जति पारिश्रमिक मजदुरलाई दिईन्छ त्याे पनि समयमा दिईदैन । यसरी समयमा पारिश्रमिक नदिईदा अाफुहरुलाई समस्या हुने भएकाेले समस्या समाधान गर्न सम्वन्धत संस्थाले सहयोग पुर्याउनु पर्ने वताउनुभयाे ।
मजदुरहरुकाे गुनासो सुनेपछि प्रतिनीधिसभा संसद राजेन्द्र कुमार राईले मजदुरहरुकाे समस्या तत्काल समाधान गर्न नसकेकाे भए पनि मजदुरकाे हितमा सरकारले नीति निर्माण गरिरहेकाे वताउनुभयाे । उहाले तत्कालकाे समस्या मात्र नभएर दिर्घकालिन रुपमा मजदुरहरुकाे भविष्य सुनिश्चित गर्नु उपयुक्त हुने भन्दै सरकारले मजदुरका लागि उपदानकाे व्वस्था गरेकाे जानकारी गराउनेभयाे ।

साथै वर्तमानकाे समस्या समाधानका लागि अाफु लागिपर्ने वताउनु भयाे । कार्यक्रमलाई प्रदेश सभा संसद ईन्द्रमणी पराजुली,नगरप्रमुख वृष वहादुर राई, नेकपा नगर अध्यक्ष शान्तिराम गौतम,४ नं वडाध्यक्ष शोवित निरौला लगायतले सम्वाेधन गरेका थिए । कार्यक्रम संघका अध्यक्ष हेमकला वस्नेतको अध्यक्षतामा भएको थियो । पाख्रीवासमा करिव एक हजार चिया मजदुर रहेकाे संघले जनाएकाे छ ।


