भेडेटारमा शुरू भयो परिकार महोत्सव
धनकुटा खबर, १५ पुष । पूर्बको पर्यटकिय स्थल भेडेटारमा आजवाट आठौँ परिकार महोत्सव शुरू भएको छ ।
होटल एशोसिएशन भेडेटारको आयोजनामा परम्परागत जातिय परिकारको प्रबद्र्धन तथा पर्यटकिय स्थलको प्रबद्र्धन गर्ने उदेश्यले महोत्सव आयोजना गरएको हो । महोत्सवमा स्थानीय खानाका परिकार, अर्गानिक खेतीवाट उत्पादित फलफूल, तरकारी तथा हस्तकलाका साथै कृषि तथा घरेलु उत्पादनका सामाग्री समेत प्रदर्शनीमा राखिएको छ ।

त्यस्तै फुडफेस्टिबल संगै पाथिभर मन्दिर नमस्ते झरना साथै ऐतिहासिक साँगुरीगढि घुम्ने प्याकेज तयार गरिएको छ । तमोर नदिको मुलघाट देखि सुनसरीको चतरासम्म र्याफ्टीङ सेवा लगाएत आसपासको क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकिए क्षेत्रसम्म पुग्न प्याकेज कार्यक्रम समेत तयार गरिएको होटल एसोयसन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिनुभयो ।
महोत्सबको उद्घाटन प्रदेश न.१ का मुख्य मन्त्री शेरधन राईले गर्नु भएको थियो । महोत्सबमा ३० हजार आन्तरिक तथा वाह्रय पर्यटक भित्राउने योजना रहेको आयोजकले जनाएको छ ।


