पाख्रीबासका गुरुङले पनि भ’व्यताका साथ मनाए तमु ल्हो’सार पर्व (फोटो फिचर सहित)
धनकुटा खबर, पौष १५ । विभिन्न जातजातिको वसोवास रहेको नेपालका जनजाती मध्येका एक गरुङ समुदायले आज तमु ल्होसार नयाँ वर्ष भव्यताका साथ मनाएका छन् । यही अवसरमा पाख्रीवासका गुरुङ समुदायले पनि पाख्रीवासमा विशेष कार्यक्रम सञ्चालन गरेकाछन् ।
नेपाल वौद्ध गुम्वा विकास समाज पाख्रीवास र तमु ह्युल छ्योज्घींको संयुक्त आयोजनामा भएको कार्यक्रममा वोल्दै उनिहरुले आफ्नो समुदायको नयाँ वर्षको अवसरको सार्वजनिक विदालाई सरकारले कटौति गरेको प्रति गुनासो गरेकाछन् । संघीय सरकारले आफ्नो चाड पर्वको विदा कटौती गरेपनि स्थानिय सरकारले यो विषयमा ध्यान दिनु पर्ने माग गरेकाछन् ।

उनिहरुको त्यस्तो गुनासो सुनेपछि पाख्रीवास ४ का वडाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि शोवित निरौलाले आउँदो नगरसभामा सार्वजनिक विदा गराउनुपर्छ भन्ने प्रस्ताव लाने वताउनुभएको छ । नेपालमा विभिन्न व्यवस्था परिवर्त भईरहे पनि स्थानिय तह प्रदेश र संघलाई समृद्ध वनाउन र समृद्ध नेपाल सुखी नेपालीको नारालाई शाव्दिक अर्थमा साकार वनाउनका लागि जति नै व्यवस्था परिवर्तन भएपनि मानिसको सोच,चिन्तन र प्रवृतीमा सुधार आउन आवश्यक रहेको वताउनुभयो ।

यदी त्यसो नभए समृद्ध नेपाल सुखी नेपाली वन्न सम्भव नहुने वताउनुभयो । त्यसैले लक्षमा पुग्न सकरात्मक सोच,फराकिलो चिन्तन र सुधारिएको प्रवृती लागु गर्न सकनुपर्ने वताउनुभयो । नेपाल वौद्ध गुम्वा विकास समाज पाख्रीवासका अध्यक्ष भक्त वहादुर गरुङको अध्यक्षतामा भएको कार्यक्रममा जाल्पादेवी माद्ययमिक विद्यालयका प्रधानाध्यापक टेकनाथ अधिकारीले पनि गुरुङ समुदायको यस्ता खास चाडमा सार्वजनिक विदा दिनु आवश्यक रहेको वताउनुभयो ।

जाल्पादेवी माद्यमिक विद्यालयमा अध्ययन गर्ने गुरुङ समुदायका विद्यार्थी र कर्मचारी समेत धेरै भएको र उनिहरुका यस्ता विशेष पर्वको वेला पठनपाठनमा भन्दा चाडपर्व तिर वढी ध्यान केन्द्रित हुने भएकोले सार्वजनिक विदा दिदा राम्रो हुने उहाँको भनाई छ ।

पाख्रीवास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिक वहादुर राई पाख्रीवास ५ का वडाध्यक्ष गोपाल थापा लगायतले शूभकामना मन्तव्य राख्नुभएको कार्यक्रममा शिक्षाको विकटताको वावजुद पनि कठिन त्याग र परिश्रम गरि नेपाल सरकारको मान्यता प्राप्त अधिकृत पदमा बहाल भई गरुङ समुदाय कै ईज्जत,प्रतिष्ठालाई उच्च राख्न सफल भएको भन्दै ४ नं वडा का युवराज गरुङ र संगम गरुङ, आफ्नो हस्तकला मार्फत सहयोग पुर्याएको प्रति एदम कुमार राई, साहित्यको क्षेत्रवाट नगरलाई नै प्रतिष्ठित गराएको भन्दै साहित्यकार रोशन परियार र गिरीजा प्रसाद कोईराला फाउण्डेसन पाख्रीवासले सञ्चालन गरेको गिरीजा प्रसाद कोईराला मेमोरियल गोल्डकप वडा स्तरिय नकआउट फुटवल प्रतियोगिताका विजयी कैलाशनाथ युवा क्लवका खेलाडीहरुलाई वौद्ध गुम्वा विकास समाजले सम्मान गरेको छ । उनिहरुलाई सम्मान पत्र प्रदान गर्दै खदा ओढाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य नेपाल वौद्ध गुम्वा विकास समाज पाख्रीवासका कार्यलय सचिव निरोज गुरुङले राख्नुभएको थियो भने सञ्चालन निम वहादुर गुरुङले गर्नुभएको थियो । कार्यक्रममा समाजका उपाध्यक्ष श्याम गुरुङ,सचिव ज्ञान वहादुर गुरुङ सहित, तमु आमा समूह, तमु होल छ्योज्घीं,नेपाल बैंक लिमिटेड लगायत विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनीधिहरुको उपस्थिती थियो ।

गुरूङ समुदायले यसपालि मृग (फो ल्हो) वर्ष लाई विदा गरेर (च्यु ल्हो) मुसा वर्षको स्वागत गर्दै नयाँ वर्ष मनाएका हुन् ।



