धनकुटा नगरपालिका-१ का २४ जना पूर्ण अ’पाङ्गतालाई सिरक वितरण
वैशाख देखि गरिवी निवारण परिचय पत्र वितरण गर्न शूरु गरिने
धनकुटा खबर, पौष १६ । धनकुटा नगरपालिका वडा नं १ का २४ जना पूर्ण अ’पाङ्गतालाई आज सिरक वितरण गरेको छ ।
धनकुटा नगरपालिकाका सामाजिक विकास अधिकृत नुष राज श्रेष्ठको प्रमुख आतिथ्य तथा वडाध्यक्ष निरेन तामाङ्गको अध्यक्षतामा सञ्चालित कार्यक्रमको वीच २४ जनालाई सिरक वितरण गरेको हो ।
उनिहरुलाई वडा को ५० हजार लगतमा सिरक खरिद गरी वितरण गरिएको वडाध्यक्ष तामाङ्गले जानकारी दिनुभयो । सोही अवसरमा गरिवि निवारण परिचयपत्र वितरण डाटा संकलन समिक्षा समेत गरिएको छ ।
गरिबी निवारणका लागि सञ्चालित डाटा संकलन अनुसार अहिले सम्म वडाको १४ सय २५ घरपरिवारका ६२ सय ६७ जनाको डाटा संकलन भएको छ । यी वाहेका पनि केही छुटेको भए फागुन र चैत महिना भरी वडा कार्यलय र नगरपालिकामा समन्वय गर्न वडाका ३२ वटै टोल वस्तिका अध्यक्षहरुलाई भनिएको वडाले जनाएको छ ।
त्यपछि वैशाख महिनावाट गरिवी निवारण परिचय पत्र वितरण गर्न शूरु गरिने वडाध्यक्ष तामाङ्गले वताउनुभयो । संघीय सरकारको योजना अन्र्तगत नै सञ्चालित यो कार्यक्रम अहिले प्रदेश १ को धनकुटा र ताप्लेजुङ्ग जिल्लावाट पहिलो चरणमा शूरुगरिएको समेत उहाँले जानकारी गराउनुभयो ।
गरिवी पहिचानका लागि घरको स्थिती, रोजगारकिो अवस्था, जग्गा जमिन कति छ ? ६० वर्ष नाघेका र १५ वर्ष मूनिका वालवालिक परिवारमा कति छन् ? भन्ने लगायतका सूचकहरु रहेकाछन् ।


