धमाधम ६८ वटा सडक आयोजनाको शुभारम्भ गर्दै सांसद बस्नेत

भक्तपुर । लामो समयसम्म विकासमा पछि परेको जिल्ला भक्तपुरले पछिल्लो समय भने व्यापक मात्रामा विकास र समृद्धिको ढोका खुलेका छन् ।

विगतका जनप्रतिनिधिले भक्तपुरको विकास र समृद्धिको पक्षमा पहल कदमी नलिनु नै जनताको विकास प्रतिको चाहना पुरा गर्न नसक्नु हो । तर वर्तमान निर्वाचित जनप्रतिनिधिका कारण अहिले दैनिक रुपमा एक वटा उद्घाटन वा शिलान्यास हुने गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको नेतृत्वमा यो आर्थिक वर्षमा जनचाहना र आवश्यकता अनुसार केन्द्र सरकारको तर्फबाट नै सयौं योजनाहरु परेका छन् । जसमा यो आर्थिक वर्षमा ६८ वटा भन्दा बढी सडकका आयोजनाहरु केन्द्रीय सरकार अन्तर्गत निर्माण प्रारम्भ हुदै छन भने धेरै शुरू भईसकेका छन।

राजनीतिमा प्रतिस्पर्धा र विकासमा ऐक्यवद्धता भन्ने मुल सिद्धान्तलाई मूख्य रुपमा आत्मसात् गर्दै सांसद बस्नेतले भन्नुहुन्छ, ‘समग्र भक्तपुरको विकास र समृद्धिको विगत, वर्तमान र भविष्यको वारेमा विश्लेषण गर्दै योजनावद्ध रुपमा आगामी दिनमा आधुनिक र समृद्ध भक्तपुरका योजनाहरु जनतामाझ लैजानु अहिलेको अपरिहार्यता हो ।

विगतका जनप्रतिनिधिका कारण भक्तपुर विकासले तिर्खाउनुभएको थियो तर अब त्यो दिन क्रमिक रुपमा आगामी दिनमा भक्तपुरका जनताले विकासको तिर्खा मेट्ने गरी काम अघि बढेका छन् । विगतमा भक्तपुर विकासको दृष्टिकोणले बत्तीमुनीको अध्यारो जस्तै भएर बस्नु पर्यो । अब त्यो दिन सकिँदै गयो ।

भक्तपुर विकास र आर्थिक समृद्धि विना वस्न सक्दैन । संघियताको कार्यान्वयनसँगै तीनवटै सरकारले भक्तपुरको विकासलाई मूख्य केन्द्रको रुपमा राखेका छन् । जसको पुलको रुपमा मेरो भूमिका रहन्छ । विकासको सारथीको रुपमा रहन्छ । जनतको चाहना र आवश्यकतालाई मध्यनजर गरी विकासको गतिलाई तिव्रता दिन्छु ।’

यसै क्रममा आज पनि संघिय सरकारको तर्फबाट रु एक करोडको बजेटमा सूर्यविनायक पुरानो बसपार्क ट्रलि बसपार्क सुन्दर बस्ति पाण्डु बजार सडक शिलान्यास भएको छ ।

सडक, ढल, खोनेपानी, सरसफाई, सांस्कृतिक तथा धार्मिक संम्पदाको संरक्षण गर्दै पर्यटकीय क्षेत्रको विकासको लागि समेत सांसद बस्नेतले विशेष भूमिका निर्वाह गरिरहनुभएको छ । भक्तपुरलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपमा सम्पन्न गराउने लक्ष्यका साथ देशमा नै रोजगारीको वातावरण सिर्जना तथा आर्थिक समृद्धिका आयामहरुलाई समेत व्यापक मात्रामा पहिचान गरी अघि योजनाहरु अघि बढाउनुभएको छ ।

सांसद बस्नेतकै नेतृत्वमा भक्तपुरमा राष्ट्रिय गौरवका आयोजनाहरु समेत अघि बढिरहेका छन् । अन्तराष्ट्रिय रंगशाला, प्राणी उद्यान केन्द्र, आधुनिक सुविधा सम्पन्न सभागहृ, आधुनिक वीर अस्पताल, सुरुङ मार्ग, सूर्यविनायकदेखी धुलिखेलसम्मको अरनिको राजमार्गलाई ६ लेनको बनाउने कार्य, हनुमन्ते तथा मनोहरा करिडोरलगायतका धेरै योजनाहरु निर्माणको प्रकृयामा रहेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।