फेरी नेपाल आउन नपाउने गरी १२२ चिनियाँ नागरिकलाई चीन पठाईदै

काठमाडौं, २० पौष । नेपालमा बसेर सीमापार संगठित अ परा धमा सक्रिय रहेको अ भियोगमा प क्राउ परेका १२२ चिनियाँ नागरिकलाई प्रहरीले अनुसन्धानपछि अ भद्र व्यवहारमा मु द्दा चलायो । जिल्ला प्रशासन कार्यालयले हेर्न मिल्ने गरी म्याद थप गरियो । यसका पछाडि उनीहरुलाई नेपालबाट निष्काशन गर्ने उद्देश्य रहेको थियो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंको इजलाशले आइतबार १२२ चिनियाँ नागरिकलाई कानुन अनुसार एक हजार जरिवाना गरायो । अ भद्र व्यवहारसम्बन्धी मुद्दामा जरिवाना तिरेर रिहा भएपनि उनीहरुलाई चीन फर्काउन गृहमन्त्रालयले आन्तरिक रुपमा निर्णय लिएको बुझिएको छ ।

यसबारे बुझ्न खोज्दा गृह प्रवक्ता केदारनाथ शर्माको मोबाइल स्वीच अफ भएको रिपोर्टर्स नेपालमा उल्लेख छ । अध्यागमन विभागले चीन फर्काउने तयारी पूरा गरिसकेको छ ।

निष्काशनको प्रक्रिया पूरा भएपछि चिनियाँ नागरिकले २४ घन्टाभित्र नेपाल छाड्नुपर्नेछ । विश्वस्त स्रोतका अनुसार उनीहरुलाई चीन लगेर कारबाही गरिनेछ ।

७ पौषमा काठमाडौंको विभिन्न स्थानबाट पक्राउ परेका चिनियाँ नागरिकहरुलाई गम्भीर अपराधमा मुद्दा दायर गरिएन । यसका पछाडि उनीहरुलाई स्वदेश फर्काउने उद्देश्य रहेको थियो ।

गृहमन्त्री रामबहादुर थापा बादलसहितको टोली चीन प्रस्थान गरेकै दिन पक्राउ परेका १२२ चिनियाँ रिहा भएका छन् । रिहा गरेर उनीहरु नेपालमा भने रहनेछैनन् । उनीहरुलाई भविष्यमा समेत नेपाल आउन रोक्ने गरी निष्काशनको आन्तरिक निर्णय गरिसकिएको बुझिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।