भाेलिबाट स्वस्थानी व्रत सुरु, व्रत लिनेहरुका लागि कुनै प्रकारका न’राम्रो याे’ग छैन
काठमान्डौ । भाेलिबाट सुरु हुन लागेकाे स्वस्थानी व्रत लिनेहरुका लागि कुनै प्रकारका अशुभ तथा नराम्रो याेग नभएकाले व्रत लिन हुने कुरा दक्षिण एसियाली ज्योतिष महासंघ नेपालका महासचिव सुरेश चन्द्र रिजालले जानकारी गराएका छन ।
याे बर्ष शुक्रबारदेखि व्रत सुरुवात हुन लागेकाले यसलाई विशेष रुपमा हेरिने गरेकाे विज्ञहरुले जानकारी गराएका छन् । सबैखाले चन्द्र ग्रहणकाे दाेष नलाग्ने भएकाले यस्ता ग्रहणकाे महत्त्व नरहने समेत जानकारी गराएका छन ।
भोलि लाग्ने चन्द्रग्रहण खग्रास वा खण्डग्रास नभई (Prenumbral Lunar Eclipse) ‘पेनम्ब्रल’ चन्द्रग्रहण हो, जुन राति १० बजेर ५२ मिनेटमा सुरू भै २ बजेर ५६ मिनेटमा सकिनेछ।

यस्तो खालको ग्रहणमा नाङ्गो आँखाले हेर्दा ठम्याउन सकिन्न तर धमिलो छायाँमा मात्र चन्द्रको स्वरुप केही भिन्न हुनेछ । त्यसैले यसलाई अन्य ग्रहणको तुलनामा सुतक लगायत अन्य वार्नुपर्ने भनेर पंचाङ्ग तथा पात्रोमा उल्लेख नगरेकाले कुनै प्रकारकाे दाेष नलाग्ने ज्याेतिषीहरुले जानकारी गराएका छन् । यस्ता प्रकारका ग्रहणहरु प्रतेक अाैशी र पूर्णिमामा लाग्ने सक्ने भएकाले यसलाई विशेष प्रकारले नहेरिएकाे हाे ।
शुक्रबारदेखि सुरु हुन लागेकाे स्वस्थानी व्रत लिने हरुका लागि कुनै प्रकारकाे बाधा अवरोध नरहने भएकाले नित्यरुपमा लिदै आएकाे व्रत लिन कुनैप्रकारकाे अबरोध नरहने दक्षिण एसियाली ज्याेतिष महासंका महासचिव सुरेश चन्द्र रिजालले जानकारी गराउनु भएकाे छ ।


