धनकुटास्थित टंक माविका कल्पना र स्वस्तीका हस्तलेखनमा उत्कृष्ठ
शर्मिला राई, धनकुटा खबर, माघ १० । श्रीमान टंक माद्यमिक विद्यालय धनकुटा २ भीरगाउँमा सञ्चालित प्रतियोगितात्मक हस्तलेखन सीप विकास तालिममा विद्यालयका विद्यार्थीहरु कल्पना विश्वकर्मा र स्वस्तीका गुरागाई उत्कृष्ठ भएकाछन् ।
शिक्षा विकास वचत तथा ऋण सहकारी संस्था लगनखेल ललितपुरले सो विद्यालयमा कक्षा ४ देखी १० सम्मका विद्यार्थीलाई समूहमा विभाजन गरी हस्त लेखन प्रतियोगितात्मक तालिम सञ्चालन गरेको होे ।
जसअनुसार कक्षा ८ देखी १० सम्मका विद्यार्थी मध्येवाट कक्षा १० की छात्रा कल्पना विश्वकर्मा र कक्षा ४ देखी ७ सम्मका विद्यार्थी मध्येवाट कक्षा ५ की स्वस्तीका गुरागाईको लेखन उत्कृष्ट भएको विद्यालयले जनाएको छ । कक्षा ८ देखी १० सम्मका विद्यार्थी समूह वीचको हस्त लेखनमा मनिषा वोगटी कक्षा ९ द्धितीय, र कक्षा ८ का विक्रम मगर तृतीय भएकाछन् । कक्षा ४ देखी ७ सम्मका विद्यार्थी मध्ये कक्षा ७ का आशिष राई दोश्रो र कक्षा ६ का विजय पुलामी मगर तेश्रो भएकाछन् ।

तालिममा २ सय १८ जना विद्यार्थीले भाग लिएको तालिम समापन कार्यक्रममा वोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा धनकुटा नगरपालिका २ नं वडाध्यक्ष चन्द्रलाल तामाङले यस प्रकारको तालिमले विद्यार्थीहरुको लगनशिलता र मेहनत भए सकरात्मक नतिजा चाडै आउने देखिएको वताउनुभयो भने प्रधानाध्यापक नर वहादुर विश्वकर्माले अक्षर लेखन सम्वन्धि यो तालिममा अव्वल देखीएका विद्यार्थीहरुको समूह वनाई उनिहरुलाई परिचालन गरी निरन्तरता दिने वताउनुभयो ।
तालिमको सहजीकरण राजेन्द्र धामी र विक्रम धामीले गरेका थिए । नेपाली र अंग्रेजी दुवै प्रकारका अक्षर लेख्ने तालिम माघ ७ गते देखी आज सम्म विद्यालयमा सञ्चालन गरिएको थियो ।



