विश्रान्तीको साधारणसभा सम्पन्न

धनकुटा खबर, ११ माघ । धनकुटाको मुलघाटमा रहेको विश्रान्ती मन्दिर साधारण सभा सम्पन्न भएको छ ।

शनिबार भएको साधारण सभाको उत्घाटन धनकुटाका प्रमुख जिल्ला अधिकारी डा. कृष्ण बहादुर घिमिरेले गर्नु भएको थियो उत्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी डा. कृष्णवहादुर घिमिरेले विश्रान्ती मन्दिर परिसरको सुरक्षा व्यवस्थाका लागि आवश्यक पहल गर्ने प्रतिवद्धता व्यक्त गर्दै विश्रान्तिको समाजसेवाले अन्य क्षेत्रले पनि अनुसरण गर्न लायक भएको वताउनुभयो ।

यस्तै स्वामी विजयानन्द सरस्वतीले सकरात्मक कार्य र सत्कर्म बाट भएको परिवर्तनले विश्वमा शान्ति सम्भव भएको बताउनु भयो । विश्रान्ती मन्दिरको साधारण सभामा मन्दिर व्यवस्थापन समितिका महासचिव जर्नादन घिमिरेले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा प्रस्तुत गर्दै शव दाहका लागि दाउराको अभाव हुँदै गएपछि विकल्पमा विद्युतीय श’वदाह गृह वनाउने अध्ययन थालिएको बताउँनु भयो ।

वार्षिक ३ सय भन्दा वढीको मुलघाटमा दा’हसंस्कार हुने गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । विश्रान्ती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शारदाप्रसाद मिश्रको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमा समाजसेवि, पत्रकार, सुरक्षा निकायका प्रमुख, विभिन्न संघ संस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो कार्यक्रमको स्वागत मन्तव्य व्यावस्थापन समितिका उपाध्यक्ष शंकरप्रसाद दाहालले गर्नुभएको थियो ।

सोही अवसरमा विश्रान्ती मन्दिरलाई सहयोग गर्ने महानुभवहरुलाई सम्मान गरिएको थियो । हाल विश्रान्ती मन्दिर व्यवस्थापन समितिले सञ्चालन गरेको वृद्धाआश्रममा नियमितरुपमा ४८ जना वृद्धवृद्धा आश्रित रहेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।