वृहत सांस्कृतिक कार्यक्रम गर्दै धनकुटाको हिलेमा मनाईयो ‘सोनाम ल्होसार’

धनकुटा खबर, माघ ११ । तामाङ समुदायले आज विभिन्न कार्यक्रमको आयोजना गरी सोनाम ल्होसार नयाँ वर्ष मनाएकाछन् । ल्होसारको अवसरमा धनकुटा १ हिलेमा नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पुर्याउने लक्षका साथ वृहत ल्होसार सांस्कृतिक कार्यक्रम आयोजना गरियो ।

नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति धनकुटाद्धारा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङले नेपाल वहु धार्मिक, वहु साँस्कृतीक देश भएकोले यहाँको संस्कृती एवम् परम्पराहरुलाई संरक्षण,संवद्र्धन गर्न आवश्यक रहेको वताउनुभयो ।

यस्ता विभिन्न जातजातीका आ-आफ्नो सँस्कार सँस्कृतीलाई पर्यटन प्रवद्र्धन सँग जोड्न सके भ्रमण वर्षको लक्षलाई पूरा गर्न सहयोग पुग्ने वताउनुभयो ।

घेदुङका जिल्ला समन्वय समिति अध्यक्ष विष्णु मोक्तानको अध्यक्षतामा भएको कार्यक्रममा २०७५ सालको एसईइ परिक्षामा धनकुटा जिल्ला कै उत्कृष्ठ अंक ल्याउने तामाङ समुदायका नीलगिरी डनवक्सको स्कूलका विद्यार्थी सरुना तामाङ र हिले क्याम्पसमा विविएस तेश्रो वर्षमा अध्ययनरत छात्रा पशुपतिमाया तामाङलाई जिल्ला कै उत्कृष्ठ अंक ल्याई विविएस प्रथम वर्ष उर्तीण गरेको प्रति सम्मान पत्र र नदग सहित पुरस्कृत गरिएको छ । सरुनाले एसईइमा ९५ प्रतिशत अंक ल्याई ए प्लस ग्रेड ल्याउनुभएको थियो ।

कार्यक्रममा धनकुटा नगरपालिका वडा नं १ का अध्यक्ष निरेन तामाङ,आदीवासीजनजाती महासंघ जिल्ला समन्वय परिषद धनकुटाका अध्यक्ष सञ्जय सन्तोषी राई,घेदुङका संघीय सदस्य लालचन गोङ्वा,घेदुङका संस्थापक अध्यक्ष वीर वहादुर तितुङ लगायत विभिन्न एकल जातिय संघ संस्थाका प्रमुख एवम् प्रतिनीधिको उपस्थिती थियो ।

कार्यक्रममा राष्ट्रिय कलाकारहरु जगत घिसिङ,मिलन मोक्तान,मोनिका मोक्तान र स्थानिय कलाकारहरुले कार्यक्रमका सहभागी तथा दर्शकहरुलाई साँङ्गीतिक मानोरञ्जन दिएका थिए । मञ्जुश्री पात्रो अनुसार मुसा,गाई,बाघ,खरायो,ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । आजबाट २८५५ औ सुँगुर वर्ष पूरा भई २८५६ औ मुसा वर्ष शूरु भएको हो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖