गाेकुण्डेश्वर मावि धनकुटामा पहिलो पटक एल्मुनाई एशाेसिएसन गठन

धनकुटा खबर, माघ ११ । गाेकुण्डेश्वर माद्यमिक विद्यालय धनकुटामा अाज पूर्व शिक्षक तथा विद्यार्थिहरुको वृहत भेलाले पहिलो पटक प्रध्यापक डा. गोपाल वहादुर भट्टराईको अध्यक्षतमा ११ सदस्यीय एल्मुनाई एशाेसिएसन गठन गरेको छ ।

गाेकुण्डेश्वर मावि का पूर्व विद्यार्थी तथा संघीय संषद राजेन्द्र कुमार राईकाे उपस्थितिमा गठित एशोसियसनकाे महासचिवमा सुनिल कुमार डंगोल र सदस्यहरुमा यज्ञ प्रकाश चापागाई,थाम वहादुर राई,नरेन्द्र जंग वस्नेत,रेणु श्रेष्ठ,पुरेन्द्रलाल श्रेष्ठ,विजय सन्तोषी राई,नगेन्द्र भट्टराई,सावित्री श्रेष्ठ,कल्याण भक्त श्रेष्ठलाई चयन गरेको छ ।

भेलामा वाेल्दै संघिय सांषद राईले शिक्षालाई गुणस्तरीय र व्यवहारिक तथा उत्पादन मुलुक बनाउनु पर्नेमा जोड दिनु भयो एशोसियसनका नवनिर्वाचित अध्यक्ष प्रध्यापक डा. भट्टराई,धनकुटा वहुमुखी क्याम्पसका प्रमुख होम वहादुर वस्नेत, नेकपा धनकुटका सचिव ऋषिराम ढुंगाना,नेपाली कांग्रेस धनकुटका सचिव विजय सन्ताेषी राई,धनकुटा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत राम वहादुर थापा,क्षेत्रिय शिक्षा निर्देशनालयका उप निर्देशक कृष्ण प्रसाद पोखरेल,धनकुटा नगरपालिका वडा नं. ६ का वडाध्यक्ष नरेश श्रेष्ठ,जनता मावि जितपुरका प्रधानाध्यपक नगेन्द्र भट्टराई,अभिभावक संघ धनकुटाका अध्यक्ष सुन्दरवाबु श्रेष्ठ लगायतले शिक्षा नीतिलाई समयअनुरुप परिवर्तन गर्दै लानु पर्ने र शिक्षालाई प्रविधियुक्त र व्यावहारिक रुपमा बनाउनु पर्नेमा जोड दिएकाछन्।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उत्तम खड्गीको अध्यक्षतामा सम्पन्न भेलामा गोकुण्डेश्वर माविका प्रधानाध्यापक यज्ञ प्रकाश चापागाईले विद्यालयका प्रगती प्रतिवेदन र आगामी दिनमा विद्यालयको निति तथा कार्यक्रम र एल्मुनाई एशोसियसन गठनको उदेश्यमाथि प्रकाश पार्नु भएको थियो ।

स्वागत मन्तव्य विद्यालयका सह-प्रधानाध्यापक लक्ष्मी सापकोटाले राख्नु भएको थियो भने कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक गंगाराम ढुंगाना र यशोदा सुवेदी घिमिरेले गरेका थिए । भेलामा विद्यालयका विद्यार्थीहरुले उत्कृष्ट गित तथा नृत्य समेत प्रस्तुत गरेका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।