माछापुच्र्छे बैंक धनकुटाद्वारा स’शस्त्र प्रहरी गुल्मलाई उ’द्धार सामाग्री हस्तान्तरण

धनकुटा खबर, माघ १६ । माछापुच्र्छे बैंक लिमिटेड धनकुटा शाखाले उत्तरदायित्व कार्यक्रम अन्र्तगत वि’पद व्यबस्थापन उ’द्धार सामाग्रीहरु स’शस्त्र प्रहरी बल नेपाल ६ नम्बर गुल्म हेडक्वाटर छिन्ताङ्ग धनकुटालाई हस्तान्तरण गरेको छ ।

भु’कम्प लगायतका विपदको अबस्थामा गरिने खोजी तथा उद्’धार कार्यका लागि आवाश्यक उ’द्धार सामाग्री आज एक कार्यक्रमका बीच स’शस्त्र प्रहरी बल नेपाल ६ नम्बर गुल्म हेड क्वाटर छिन्ताङ्गलाई हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

कार्यक्रममा बोल्दै गुल्मपति स’शस्त्र प्रहरी नायब उपरिक्षक सचिन कर्माचार्यले बिपदको समयमा स’शस्त्र प्रहरी बल नेपालले राष्ट्र र जनतालाई सर्’वोपरी ठानी राज्य प्रदत्त जिम्मेवारीलाई उत्कृष्ट एंबम् व्यबसायिक ढंगबाट पुरा गर्दै आएको बताउनु भयो ।

उहाँले नागरिकको सेवा ,सुरक्षा तथा सहयोग र आपत् विपद कार्यमा अहोरात्र खटिई प्ररिणाममूखी भुमिका निर्वाह गरेको उल्लेख गर्नु भयो । उहाँले सशस्त्र प्रहरी बल नेपालले राष्ट्रको रक्षा, राष्ट्रियताको जोगेर्ना तथा राष्ट्रिय एकताको प्रर्’बद्धनमा कार्यक्षेत्रमा परिचालित स’शस्त्र प्रहरी कर्मचारीहरुको उच्च मनोबल र हौसलाका साथ दायित्व निर्वाहमा समर्पित रहेको समेत वताउनुभयो भयो ।

यो गुल्मलाई प्राप्त यस्ता विपद उद्’धार सामाग्रीबाट आउदाँ दिनहरुमा बि’पदका बेला हुन सक्ने धनजनको क्षति न्यूनिकरण गर्दै थप प्रभाबकारी सेवा प्रदान गर्न सहजता मिल्ने विश्वास पनि उहाँले व्यक्त गर्नु भयो ।

यस्तै बैङ्क शाखाका प्रमुख गोबिन्द्र श्रेष्ठले विपदको समयमा शसस्त्र प्रहरी बल नेपालले गरेको खोजी तथा उद्’धार कार्यबाट प्रभावित भई एपिएफलाई उद्’धार सम्बन्धी सामाग्रीहरु प्रदान गरीएको साथै यस्ता प्रकारका सहयोगले अन्य संस्थाहरु लाई पनि प्रेरणा मिल्ने बताउनु भयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।