आँखिसल्ला, छिन्ताङ, शहिदभूमीकाे पहिचान र ईतिहास कायम गर्न सवै एकजुट भएर लाग्नु पर्नेमा जोड

धनकुटा खबर, माघ १८ । नेपाली कांग्रेस शहिदभूमी गाउँपालिका वडा नं २ काे वडा सम्मेलन अाज सम्पन्न भएकाे छ ।

नेपाली कांग्रेस शहिदभूमी गा.पा वडा नं २ का सभापति दूर्गा विष्टकाे सभापतित्वमा सम्पन्न सम्मेलनलाई सम्वाेधन गर्दै प्रदेश नं १ का सांसद लिला सुब्बाले आँखिसल्ला, छिन्ताङ, शहिदभूमीकाे पहिचान र ईतिहास कायम गर्न सवै एकजुट भएर लाग्नु पर्ने वताउनुभएकाे छ ।

अन्य सहभागीहरुले त्यहा नेपाली कांग्रेसले राजनीति जितेकाे तर निर्वाचन हारेकाे भन्दै त्यस क्षेत्रकाे विकास र समृद्वी धार्मिक पर्यटन र कृषीबाट गर्न सकिने वताएकाछन् । उनिहरुले सिङ्गाे छिन्ताङकाे समृद्वीका लागि नयाँ अभियान सञ्चालन गर्नुपर्नेमा जाेड दिदै पार्टीकाे संगठन विस्तार तथा सुदृढिकरण गर्ने समेत वताएकाछन् ।

सम्मेलनकाे अवसरमा पार्टीमा रही सक्रियता पूर्वक काम गरिरहेकाहरुलाई प्रदेश सांसद सुब्बा, नेपाली कांग्रेसका जिल्ला सचिव विजय सन्ताेषी राई लगायतले पार्टीकाे सदस्यता प्रदान गरेका थिए ।

सम्मेलनमा कांग्रेसका पूर्व महासमित सदस्य शिव कुमार राई, महाधिवेशन प्रतिनिधि राम कुमारी भण्डारी,शहिदभूमी गाउँपालिका सभापति तिर्थ राई लगायतले मन्तव्य राखेका थिए । सञ्चालन पार्टीका वडा नं २ का सचिव रुद्र राईले गर्नुभएकाे थियाे ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।