गाेकुण्डेश्वर मावि धनकुटाको एल्मुनाई एशोसिएसन बैठकले गर्यो यस्तो निर्णय

धनकुटा खबर । गाेकुण्डेश्वर मावि धनकुटा एल्मुनाई एशोसिएसनको आज सम्पन्न भएको बैठकले गाेकुण्डेश्वर माविको भौतिक तथा शैक्षिक उन्नयनका लागि विभिन्न अभियान सञ्चालन गर्ने निणर्य गरेको छ ।

गाेकुण्डेश्वर मावि धनकुटा एल्मुनाई एशोसिएसनका अध्यक्ष प्रध्यापक डा. गोपाल वहादुर भट्राईको अध्यक्षमा सम्पन्न बैठकले विद्यालयको शैक्षिक उन्नयनका साथै विद्यालयलाई थप भौतिक साधन, स्रोत सम्पन्न गर्न विद्यालयहरुसंग सहकार्य गरी सहयोग गर्ने र एल्मुनाई एशोसिएनलाई संस्थागत गर्न कार्यविधि बनाई काम गर्ने कार्यविधि निर्माण समिति समेत गठन गरेको छ ।

कार्यबिधि निर्माण समितको संयोजकमा एल्मुनाईका अध्यक्ष प्रध्यापक डा. गोपाल वहादुर भट्राई र सदस्यहरुमा महासविच सनिल डंगोल,प्रधानाध्यपक यज्ञ प्रकाश चापागाई,सावित्रि देवी श्रेष्ठ र पुरेन्द्रलाल श्रेष्ठ रहेकनछन् । एल्मुनाई एशोसिएनका फोकल प्रर्शनमा रिना लुईटेललाई राख्ने निर्णय भएको छ ।

बैठकमा एल्मुनाई एशोसिनका सदस्यहरु विजय सन्तोषी राई, नरेन्द्र जंग वस्नेत, कल्याण भक्त श्रेष्ठ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उत्तम खड्गी,सदस्यहरु तारा तितुङ्ग, सूर्य वहादुर आठपहरिया,विद्यालयका सहायक प्रधानाध्यापक लक्ष्मी प्रसाद सापकोटा, शिक्षकहरु गंगाराम ढुंगाना लगायतले आ-आफ्नाे तर्फबाट सुझाव प्रस्तुत गर्दै एशोसिएनलाई अझ व्यापक ढंगले परिचालन गरि विद्यालयकाे शैक्षिक उन्नतीका लागि क्रियाशिल हुनु पर्नेमा जोड दिएकाछन्।

एल्मुनाई एशोसिएनको सञ्चालन कार्य विधि निर्माण सम्पन्न भएपछि सदस्यता वितरण गर्न लगायतका विभिन्न सामाजिक कार्य र विद्यालयको अझ धेरै शैक्षिक सुधारका लागि विद्यालयलाई सहयोग गर्ने महासचिव सुनिल डंगोलले वताउनु भयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।