धनकुटाको लेगुवा देखि केवा खोला सम्मको सडक खण्ड गुणस्तरीय नभई ला,पार्वाही भएपछि
धनकुटा खबर, २३ माघ । धनकुटास्थित लेगुवा देखि केवा खोला सम्मको ७ किलोमिटर सडक खण्ड निर्माण ढिलाई भएको, गुणस्तरीय कार्य नभई लापार्वाही भइरहेको विषय समेटी करिव २ सय ५२ जना स्थानीय सरोकारवालाहरुले संयुक्त रुपमा हस्ताक्षर गरि जिल्ला प्रशासन कार्यालयमा गुनासो दर्ता गरेपछि प्रमुख जिल्ला अधिकारी डा.कृष्णबहादुर घिमिरेको अध्यक्षता सर्वपक्षित छलफल सडक निर्माण कार्यको जिम्मेवारी पाएको विरुवा कन्स्ट्रक्सन प्रा.लि.का प्रवन्ध निर्देशक सुवित श्रेष्ठले समयसीमामा सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
सर्वपक्षिय वैठकमा ठेकेदार कम्पनीका प्रवन्ध निर्देशक श्रेष्ठले प्रतिवद्धता व्यक्त गर्नु भएको प्रमुख जिल्ला अधिकारी डा.कृष्णबहादुर घिमिरले जानकारी दिनु । सर्वपक्षिय छलफलमा जिल्ला समन्वय समितिका प्रमुख टंकबहादुर चुहान, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, सडक डिभिजन धनकुटाका कार्यालय प्रमुख, निर्माण कम्पनी विरुवा कन्स्ट्रक्सन प्रालिका प्रवन्ध निर्देशक लगायतको उपस्थिीति रहेको थियो ।



