चाम्लिङ खाम्बातिमको १८औं स्थापना दिवस स म्पन्न
काठमाण्डौ । तीन चुलामा आगो बाल्दै कार्यक्रमको उद्घाटन गरि किरात राई चाम्लिङ खाम्बातिमले विभिन्न कार्यक्रमका साथ आफ्नो १८औं स्थापना दिवस भव्यरुपले सम्पन्न गरेको छ ।
स्थापना दिवसको अवसरमा चाम्लिङ भाषा र संस्कृतिको संरक्षण सम्बर्द्धन खातिर केहि बर्ष अगाडिदेखी आयोजना गर्दै आएको चाम्लिङ भाषा र संस्कृति सम्बन्धि हाजिरी जवाफ प्रतियोगिता पनि सम्पन्न भएको छ । १० टोलि सहभागी हाजिरी जवाफ प्रतियोगितामा चाम्लिङ भाषाको मासिक पत्रीका सितिमी टिमले जित हासिल गर्यो ।
कार्यक्रममा उत्कृष्ट चाम्लिङ बिध्यार्थी, हाजिरी जवाफ प्रतियोगिताका प्रथम , दोस्रो , तेश्रो र सान्त्वना स्थान प्राप्त गर्ने प्रतियोगीहरुलाइ विभिन्न अक्षयकोषबाट साथै नगद पुरस्कार बितरण गरियो । खाम्बातिमका अध्यक्ष युबराज राइको अध्यक्षता, यायोक्खाका महासचिव जनक राइको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा उपाध्यक्ष ज्ञान बहादुर राईले स्वागत मन्तव्य राख्नु भएको थियो भने संचालन महासचिव लिलमराज राइले गर्नु भयो ।
कार्यक्रममा किरात राई प्रज्ञा परिषदका कुलपति जयकुमार राई , खाम्बातिमका निवर्तमान अध्यक्ष बाग्धन राई , खाम्बातिम हङकङका सल्लाहकार जजिन चाम्लिङले शुभकामना मन्तव्य राख्नु भयो । औपचारिक कार्यक्रम पछि किरात राई भाषा र संस्कृतिमा आधारित भएर चाम्लिङ खाम्बातिम ललितपुरद्वारा निर्माण गरिएको साङगीतिक भिडियो संग्रह इमो छैमारी को प्रदर्सन गरिएको थियो ।-जनक राईको सहयोगमा


