शिक्षा क्षेत्रमा सवैभन्दा बढी लगानी गर्नु पर्नेमा जोड

धनकुटा खबर, फागुन ९ । नेपाल शिक्षक संघ शहिदभूमी गाउपालिकाको पालिाका स्तरीय प्रतिनिधि सभा आज आखिल्लामा सम्पन्न भएको छ । आर्थिक समृद्धीको मुख्य आधार गुणस्तरीय तथा व्यावसायिक शिक्षा भएको आज धनकुटाको शहिदभूमी गाउपालिकाको आखिसल्लामा नेपाल शिक्षक संघ सहिभूमी पालिका स्तरीय तेस्रो प्रतिनिधि सभामा सहभागीहरुले वताएकाछन् ।

सभाको उद्घाटन गर्दै नेपाली कांग्रेस धनकुटाका सचिव तथा नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष विजय सन्तोषी राईले मुलुकको आर्थिक समृद्धीको मुख्य आधार गुणस्तरीय र व्यावसायिक शिक्षा भएकोले शिक्षा नितिमा परिवर्तन गरी शिक्षा क्षेत्रमा सवै भन्दा बढी लगानी गर्नु पर्ने वताउनु भयो । उहाले शिक्षकहरुलाई अहिले राजनैतिक आस्थाको आधारमा विवेद गरीरहेकोले यसको अन्त्य हुनु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा नेपाल शिक्षक संघका १ नम्वर प्रदेशका अर्थ महासचिव रामकुमारी भण्डारी,नेपाल महिला संघकी पूर्व केन्द्रिय सदस्य टिका भण्डारी,नेपाल शिक्षक संघ धनकुटका उपाध्यक्ष दिल कुमारी राई, जिल्ला सदस्य दिल वहादुर लम्जेल, नेपाली कांग्रेसका क्षेत्रिय सदस्य कमल कुमारी राई, शहिदभूमी गाउपालिकाका कोषाध्यक्ष विष्णु कुमारी राई, नेपाली कांग्रेस वडा नं ६ आखिसल्लाका सभापति विकास राई लगायतले राजनैतिक क्रान्ति सफल बनाउन नेपाली शिक्षकरुले महत्वपूर्ण योगदान दिएकोले अव आर्थिक क्रान्तिलाई सफल बनाई मुलुकलाई समृद्ध बनाउनका पनि शिक्षकहरुको योगदानको खाँचो रहेको वताएका छन्।

नेपाल शिक्षक संघ सहिदभूमी गाउपालिका धनकुटका अध्यक्ष पदम भण्डारीको अध्यक्षतमा सम्पन्न सभामा स्वागत मन्तव्य उपाध्यक्ष उद्धव खड्काले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालनका साथ प्रगति प्रतिवेदन सचिव हर्क शिसिर राईले प्रस्तुत गर्नु भएको थियो । सभामा नेपाली कांग्रेस आखिसल्लाका पूर्व उपसभापति चन्द्रमान राई,नेपाल शिक्षक संघका शहिदभूमीका कोषाध्यक्ष प्रेम कुमारी राई लगायतले शिक्षा नीतिमा परिर्वतन गरी उत्पादन मुलुकमा शिक्षा नीति ल्याउनु पर्नेमा जोड दिनु भएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖