शिक्षकलाई आ,स्थाको आधारमा गरिने व्य,वहारको अ,न्त्य हुनुपर्छ
धनकुटा खबर, फागुन १० । नेपाल शिक्षक संघ महालक्ष्मी नगरपालिका धनकुटाको तेस्रो प्रतिनिधि सभा आज सम्पन्न भएको छ । प्रतिनीधि सभाको उद्घाटन गर्दै संविधान सभाका सदस्य तथा नेपाली कांग्रेस धनकुटाका निर्वतमान सभापति मनोहर नारायण श्रेष्ठले शिक्षकहरुलाई आस्थाको आधारमा गरिने व्यवहार अन्त्य हुनुपर्ने वताउनु भएको छ ।
उहाले शिक्षा नीतिमा आमुल परिर्वतन आवाश्यक रहेको वताउनु भयो । कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका कोषाध्यक्ष दिनेश राई, नेपाल शिक्षक संघ धनकुटाका अध्यक्ष धिरेन्द्र वहादुर लिम्बु, उपाध्यक्ष दिल कुमारी राई, सहसचिव बिमला सन्तोषी राई, शोभा वराल, नेपाली कांग्रेस महालक्ष्मी नगर कार्य समितिका सभापति ध्रुवराज राय, लगायतले राज्यले शिक्षा क्षेत्रमा लगानी गर्नु पर्ने वताउदै एकै प्रकारको शिक्षा नीति आवश्यक रहेको वताएका थिए ।

नेपाल शिक्षक संघ महालक्ष्मी पालिका कार्य समितिका अध्यक्ष चकेन्द्र वस्नेतको अध्यक्षमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव बाबुराम कुवरले गर्नु भएको थियो । स्वागत मन्तव्य सहसचिव इन्दिरा भट्टराईले राख्नुभएको थियो ।


