दिनभर जन्मदिनको शुभकामना पाएका प्रधानमन्त्री ओली केकले गर्दा आ लोचित बन्दै

काठमाडौं- तेह्रथुमको आठराईस्थित जन्मघर पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले ६९औं जन्मोत्सव मनाएका छन्।

दिनभर जन्मोत्सवको शुभकामना पाएका प्रधानमन्त्री ओली भने बेलुकासम्म आइपुग्दा भने आलोचित भएका छन्। जन्मोत्सव मनाउनका लागि नेपालको नक्सासँग मिल्दोजुल्दो केक काटेको भन्दै सामाजिक सञ्जालमा तीव्र विरोध भइरहेको हो।

बिहान बालुवाटारमा केक काटेर मन्त्रीहरुलाई खुवाएका प्रधानमन्त्री पाँचथरको कुम्मायक गाउँपालिकामा वाटर पम्पको उद्घाटन गर्दै दिउँसो जन्मघर आठराई पुगेका थिए।

ad
जन्मोत्सव नेकपाकै आचारसंहिता उल्लंघन गरी मनाएको भन्दै आलोचना भइरहेका बेला एकाएक समाजिक सञ्जालमा पोस्ट्याइएको फोटो भने झनै भाइरल बनेको हो।

यो सँगै प्रधानमन्त्रीको आलोचनामा समाजिक सञ्जाल तातेको हो।

स्थानीय सरकारले बिदा दिनु, घरपरिवारमा मात्र सीमित गर्नुपर्ने जन्मदिनमा राज्यशक्तिको दुरुपयोग गरेको, निजी जन्मोत्सवको कार्यक्रम देशव्यापी बनाएको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेकै थियो।

तर त्यो भन्दा बढी विरोध भने केककै कारण भएको छ।

नेपालको नक्सा भएको केक मात्र काटिएन प्रधानमन्त्रीको जन्मोत्सवमा। केक बोक्न पुरै हेलिकोप्टर नै चार्टर गरियो। करिब २० किलोमिटरसम्म केक बोक्न हेलिकोप्टर प्रयोग गरिएको विषयमा पनि तीव्र आलोचनामा सामाजिक सञ्जाल एकजुट भएको हो। यसमा पनि यति एयरलाइन्सको हेलिकोप्टर प्रयोग गरिएको भन्दै आलोचना भएको हो सामाजिक सञ्जालमा।

प्रधानमन्त्रीका बुबा मोहनप्रसाद ओली र धर्मपत्नी राधिका शाक्यका साथ आएका ओलीले आफ्नो जन्मघरको सिकुवाको डिलमा बसेर तस्बिर खिचाएका थिए। बाल्यकालका केही दौँतरीसँग पनि उनले भलाकुसारी गरेका थिए। ओलीले जन्मदिनको अवसरमा घरको आँगनमा केक काटेर बुबा मोहनप्रसाद र धर्मपत्नी राधिका शाक्यलाई खुवाए। पत्नी राधिका शाक्यले पनि ओलीलाई केक काटेर खुवाएकी थिइन्।

आफ्नो ६९औँ जन्मदिन मनाउन आठराई–४ ईवामा रहेको जन्मघर पुगेका प्रधानमन्त्री ओलीले सो सडकखण्डको शिलान्यस गर्दै सरकार विकास निर्माणको काममा आक्रमक रुपले लागेको बताए।

आफ्नै जन्मघरमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले घरमै आएर जन्मोत्सव मनाउन पाउँदा खुशी लागेको बताएका थिए।-नेपाल लाइभ

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।