धनकुटाको डाँडाबजारमा महोत्सव र गोल्डकप हुने
धनकुटा खबर । धनकुटाको डाँडाबजारमा पर्यटन बर्ष २०२० लाई लक्षित गर्दै फागुन २४ देखि २७ गते सम्म प्रथम डाँडाबजार महोत्सव र डाँडाबजार गोल्डकप हुने भएको छ ।
धनकुटाको डाँडाबजारमा सोमबार पत्रकार सम्मेलन गर्दै आयोजक समितीले दिएको जानकारी अनुसार स्थानिय पर्यटक क्षेत्रको पहिचान र डाँडाबजारको समग्र पर्यटनका विकास लाई अगाडी बढाउनका लागि डाँडाबजार महोत्सव आयोजना गरीएको मुल आयोजक समितीका संयोजक राजकुमार राईले जानकारी दिनु भयो । उनले भने पुरानो डाँडाबजारको पहिचानलाई समेत महोत्सवले फर्काउने अपेक्षा रहेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै साँगुरीगढी गाउँपालिका वडा न ५ का वडा अध्यक्ष पलकबहादुर बस्नेत स्थानिय स्तरमा धार्मिक सामाजिक, भावना लाई मजबुत बनाउनका साथै आर्थिक, कृषि क्षेत्रको विकासका साथै पर्यटनक्षेत्रमा स्थानिय व्यावसायीक चेतनाको अभिवृद्धि गर्नका लागि महोत्सव सफल हुने अपेक्षा रहेको उहाँको भनाई रहेको थियो ।

ध्वजे डाँडा, एसियाको ठुलो बरको रुख ओख्रेको भ्यूटावर,भगीश्वर पार्क हतिढुंगे,जनजाती पार्क, गिद्धेभीर लगायतका क्षेत्रको मनोरञ्जन लिन सकिने साथै आर्गनिक परिकारको समेत स्वाद लिन सकिने, मगर जातीको हुर्रा नाच, चण्डी नाच लागायतका झाकिका साथै स्थानिय र राष्टीय कलाकारको प्रस्तुती समेत रहने आयोजकले जनाएको छ ।
डाँडाबजार महोत्सव सगै डाँडाबजार गोल्डकपको समेत आयोजना गरिएको पत्रकार सम्मेलनमा डाँडाबजार खेलकुद विकास समितीका अध्यक्ष धनबहादुर लिम्बुले जानकारी दिए । धरान, धनकुटा र स्थानिय सहित ८ टिम सहभागि हुने प्रतियोगितामा प्रथम पुरस्कार १ लाख नगद ट्रफी र द्धितिय पुरस्कार ५० हजार नगद रहेको आयोजक समितीले जनाएको छ ।


