धनकुटाको पाख्रीवासमा चुरा-पोते उन्ने तालिम
धनकुटा खबर, फागुन १७ । सीप सिकाई आत्मा निर्भर वनाउने उद्देश्यका साथ धनकुटाको पाख्रीवासका म,हिलाहरुलाई चुरा पोते उन्ने तालिम प्रदान गरिएको छ ।
पाख्रीवास नगरपालिकाको सहयोगमा संयुक्त महिला समूह धनकुटा १ हिलेले पाख्रिवासका ४० जना महिला दिदीवहिनीलाई तालिम दिएको हो । तालिममा चुरा वा वाला वुन्ने, छ्वाली पोते, लुङ पोते, लाछा र लकेट उन्ने तालिम दिईएको तालिम आयोजक समूहका सचिव हेमलता तिम्सिनाले वताउनुभयो ।
फागुन १५ देखि आज सम्म प्रदान गरिएको तालिमको सहजिकरण मुख्य प्रशिक्षक विना खड्का र सहायक प्रशिक्षक चेत कुमारी पौडेल र देवीमाया भण्डारीले गरेका थिए ।
उनिहरुलाई आज तालिम समापनको अवसरमा प्रमाणपत्र प्रदान गरिएको छ । तालिममा सहभागी महिलाहरुले यस्तो तालिम आफुहरुका लागि उपयोगी भएको भन्दै अझ लामो समय सम्म तालिम लिन पाए थप प्रभावकारी र उत्पादन मूलक हुने वताएकाछन् ।


