उद्योग बाणिज्य संघ धनकुटाको अध्यक्षमा विजय सन्ताेषीको प,क्काप,क्की
धनकुटा खबर, फागुन १८ । धनकुटा उद्योग बाणिज्य संघको निर्वाचन कार्य तालिका अनुसार आज उम्मेदवारी दर्ता गर्ने कार्य सम्पन्न भएको छ । जसअनुसार संघको पदाधिकारी तथा सदस्यहरुमा आवश्यक सिटका लागि मात्र उम्मेदवारी दर्ता भएको धनकुटा उद्योग बाणिज्य संघका निर्वाचत आयुक्त विकास प्रधानद्वारा हस्ताक्षरित प्रकाशित सूचनामा उल्लेख छ ।
निर्वाचन समितिले प्रकाशित गरेको सूचना अनुरुप अध्यक्षमा विजय सन्तोषी राई, वरिष्ठ उपाध्यक्षमा मनकुमारी तितुङ्ग,(तारा), उपाध्यक्ष खगेन्द्र कुमार विष्ट, उपाध्यक्ष कृष्णराज शाक्य, महिला उपाध्यक्ष निर्मला राई श्रेष्ठ, महासचिव राम वहादुर गोङ्गवा तामाङ, सचिव राम वहादुर राय, कोषाध्यक्ष रुपेश श्रेष्ठ, सदस्यहरुमा अम्विका धमला, सुनिता पौडेल थापा, रेजिना पलिखे, नगेन्द्र काफ्ले, नविन श्रेष्ठ, महेन्द्र थापा, राम तामाङ्ग, उज्वल कर्माचार्य, दिजेश शाक्य, देव वहादुर विश्वकर्मा र भीम वहादुर लिम्बुले उम्मेदवारी दिएकाछन् ।

धनकुटा उद्योग बाणिज्य संघको कार्यसमितिका लागी आवश्यक सिट संख्यामा मात्र उम्मेदवारी दर्ता भएकोले अध्यक्षमा नेपाली कांग्रसका जिल्ला सचिव विजय सन्ताेषी राई चयन हुने प,क्का जस्तै भएकाे जनाईएकाे छ । अाैपचारिक घोषणा भने भाेलि मात्र गरिने निर्वाचन समितिका सदस्य खगेन्द्र घिमिरेले वताउनु भएकाे छ ।


