समीक्षाले दिइन् प्रधानमन्त्री ओलीलाई मृ,गौला

काठमाडौं । प्रधानमन्त्री केपी ओली मृगौला प्र,त्यारोपण गर्न सोमबार अपराह्न त्रिवि शिक्षण अस्पताल महाराजगन्ज भर्ना हुँदैछन् । चिकित्सकले बुधबार उनको मृ,गौला प्र,त्यारोपण गर्ने समय तोकेका छन् ।

प्रधानमन्त्री ओली लामै समय बस्नुपर्ने भएकाले अहिले शिक्षण अस्पतालमा सुरक्षा चेकजाँच क,डा बनाइएको छ । नेपाली सेनाले तालिम प्राप्त कुकुरलाई रेकी गर्न खटाएको छ । प्रधानमन्त्री ओलीसँग शिक्षण अस्पतालका चिकित्सकहरूको मिटिङ बस्दैछ । ओलीको मृगौला प्र,त्यारोपण गर्न भारतबाट चिकित्सक झिकाइएको छ । डा.प्रेमराज ज्ञवालीले नेतृत्वमा ओलीको मृगौला प्र,त्यारोपण गरिँदैछ । १२ वर्षअघि नयाँ दिल्लीको एपोलो अस्पतालमा ओलीलाई भाइबुहारी अन्जान घिमिरेले मृ,गौला दिएकी थिइन् ।

पहिलेको मृ,गौलाले काम गर्न छा,डेपछि दोस्रो पटक मृगौला प्र,त्यारोपण गर्न लागिएको हो । ओलीलाई अहिले नातामा ‘भान्जी’ पर्ने समीक्षा संग्रौला ज्ञवालीले मृ गौला दिन लागेकी हुन् । केही समययता उनी प्रधानमन्त्री निवास बालुवाटारमा बाक्लै आ,उजाउ गरिरहेकी थिइन् । आइतबारको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफूलाई मृ,गौला दान दिने महिलाबारे जानकारी गराएका थिए ।

प्रधानमन्त्रीले सचिवालयका सदस्यहरूलाई मृ,गौला दाताका रूपमा चिनाइएकी ३२ वर्षीया समीक्षा झापाकी हुन् । चारआलीकी उनी ओलीलाई पहिलोपटक मृगौला दिने अन्जान घिमिरेकी भान्जी हुन् । सोही कारण प्रधानमन्त्री ओलीको पनि ‘भान्जी’ नाता परेकी हुन् ।

शिक्षण अस्पतालले आइतबार नै ओलीलाई मृगौला दिने महिलाको फाइल रेकर्ड बुक दर्ता गरेको छ । जसमा लेखिएको छ, ‘श्रीमती समीक्षा संग्रौला ज्ञवाली (भान्जी), श्री केपी शर्मा ओली (मामा) । भान्जीले–मामालाई

रेकर्ड फाइलमा समीक्षाका साथै उनका पतिको नाम र फोन नम्बर पनि लेखिएको छ । साथै, प्रधानमन्त्रीको निजी सचिवालयमा कार्यरत राजेश बज्राचार्यको पनि नाम लेखिएको छ ।

समीक्षा र उनका पति प्रधानमन्त्री ओलीकहाँ आउजाउ गरिरहने पाइएको छ । उनीहरूले प्रधानमन्त्रीबाट दशैंमा टीका लगाउने गरेका छन् । समीक्षाका दुई सन्तान रहेको बुझिएको छ । क्यानडानेपालबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।