एकिकृत नमूना वस्ति बिस्तार गर्ने छथरजोरपाटी धनकुटाको योजना

धनकुटा खबर, फागुन २० । धनकुटाको छथरजोरपाटी गाउपालिकाले एकिकृत नमूना वस्ति बिस्तार कार्यक्रम अघि बढाइएको छ । भौगोलिक रुपमा बिकट, जो,खिम युक्त क्षेत्रका बस्ति स्थानान्तरण गरी नमूना एकिकृत वस्ति निमार्ण गर्ने लक्षका साथ यो कार्यक्रम अघि वढाईएको गाउँपालिकाले जनाएको छ ।

जसअनुसार २ नं वडामा एकिकृत नमुना वस्ति बिस्तारका लागि सडक तथा पुर्वाधार विकास कार्य शूरु गरिएको छ । प्रदेश सरकार मार्फत आ व २०७६,७७ मा प्राप्त ४० लाख लगतमा धनपा सडक एकिकृत नमुना बस्ति बिस्तार कार्य अन्र्तगत अहिले ३ किलो मिटर सडक विस्तार गर्ने र १ किलो मिटर ग्राबेल तथा ग्या,बिङ भर्ने, ढल निर्माण र पोखरी निमार्णको काम भइरहेको गाउपालिका प्रमुख शेर बहादुर लिम्बुले जानकारी दिनुभयो ।

यही वर्ष सडक विस्तार तथा पुर्वधार निमार्ण कार्य सम्पन्न गरि आउदो वर्षदेखि एकिकृत नमूना वस्ति निर्माणका लागि विशेष कार्यक्रम सहित एकिकृत नमुना बस्ति कार्यक्रम अगाडि बढाउने गाउपालिकाको योजना रहेको उहाँको भनाई छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖