एफफोन धनकुटाको उपलव्धिवारे ध्यानाकर्षण

धनकुटा खबर, फागुन २४ । पारिवारक निजी वन संघ नेपाल (एफफोन) धनकुटाले राज्यका सम्पूर्ण तहतप्का समक्ष आफ्नो उपलव्धिवारे ध्यानाकर्षण गराएको छ ।

एफफोन धनकुटाको छैटौ स्थापना दिवसको अवसरमा उसले आज एक प्रेस विज्ञप्ति जारी गर्दै पारिवारिक निजी वन मार्फत वातावरण, जै,विक विविधता र जलवायु परिवर्तन न्यूनिकरणका लागि किसानहरुले आफ्नो स्वामित्वमा रहेको जमिनमा लाखौलाख पारिवारिक निजी वनको वर्षौ देखी व्यवस्थापन गर्दै आएकोले व्यक्तिको निजी जग्गामा संरक्षण गरेका वनश्रोतलाई अन्न वालि सरह बेच्न पाउने र त्यसको सहज रुपमा वजार सम्मको पहुँच व्यवस्था गर्न, पारिवारिक निजी वनलाई स्थानिय सरकारको प्राथामिक्ता क्रममा समावेस गर्न, नेपालको वन क्षेत्र सम्वन्धि कुनै पनि ऐन कानुन कार्यन्वयन गर्दा पारिवारिक निजी वन क्षेत्रको अर्थपूर्ण प्रतिनीधित्व सुश्चित गर्न, आफ्नो अवादीमा हुर्क्र्याइएका जंगलवाट उत्पादित काठजन्य सामाग्री तथा जडिवुटी उत्पादनको ओसारपसारमा रहेको झण्जटिलो नीतिगत अवरोध अन्त्य गर्दै किसानको आर्थिक समृद्धिका लागि नीतिगत सहजीकरणको व्यवस्था मिलाउन लगायत २० वुँदे माग गरेको छ ।

संघद्धारा जारी विज्ञप्तिमा पारिवारिक निजी वन प्रति सरकारले गरेको वि,भेदजन्य व्य,वहारका साथै अ,पारदर्,शी सरकारी नीति, केन्द्रिकृत सोच अ,न्त्य गर्दै पारिवारिक निजी वन संरक्षण सदुयोग र विकास गर्ने नीति तत्काल निर्माण गरि ला,गु गर्न, संविधानले व्यक्तिको सम्पतिको सू,रक्षाको ग्यारेण्टि गरेको अवस्थामा सोही अनुसारको पारिवारिक निजी किसानहरुको स्वामित्वमा भएको जंगल तथा ज,डिवुटीहरुको निर्वा,ध रुपमा भो,गचलन गर्न पाउने अधिकारको ग्यारेण्टी गर्न,पारिवारिक निजी वनलाई प्रोत्साहित गर्दै आथिृक विकासका लागि किसानलाई अनुदानको व्यवस्था मिलाउन, निजी वन श्रोतहरुलाई धितोको रुपमा स्वीकार गर्दै सहुलियत व्याजमा ऋण उपलव्ध हुने व्यवस्था थालनि गर्न, नेपालको हरित अर्थतन्त्र निर्माण अभियानका लागि एक गाउँ एकवन उद्यम नीति त,त्काल लागु गरी स्वरोजगार र्सिजना गर्न समेत माग गरिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।