कोरियामा मृ,त्यू भएका धनकुटाका राईको आज अ,न्त्य,ष्टी
धनकुटा खबर, २ चैत । बैदेशिक रोजगारीको क्रममा कोरियामा गएको मंगलबार मृ,त्यू भएका धनकुटा नगरपालिका ७ डाँडागाउँका उत्तरकुमार राईको धनकुटाको मूलघा,टमा आज अ,न्त्य,ष्टी गरिएको छ ।
मंगलबार विहान शौ,चालयमा बे,होस भेटिएका राईको उपचारको क्रममा कोरियाको सउल सिटि स्थित छनान् अस्पतालमा मृ,त्यू भएको थियो । रोजगारीको लागि करिब १० बर्ष अघि राई कोरिया पुगेका थिए । मृ,तक राईका श्रीमती र एक छोरी छन् । राई सहयोगी र अत्यन्तै मिलनसार रहेको उनका साथीहरु बताउँछन् ।



