धनकुटाको हिलेमा अब घरघरमै दैनिक उपभोग्य सामाग्री (भिडियो सहित)

धनकुटा । धनकुटा स्थानिय युवाले दैनिक उपभोग्य सामाग्री सहित तरकारी तथा दुग्ध उपभोक्ताको घर घरमै पुर्याउने ब्यबस्था मिलाएका छन् ।

धनकुटा नगरपालिका वडा नम्बर एक हिले बजारमा स्थानिय युवाले घर घरमै सामान पुर्याउने ब्यबस्था मिलाएका हुन् । बजार पसलमा हुने भिडभाडलाइ मध्यनजर गदै भिडभाड कम गराउन सहयोग गर्ने उदेश्यले स्थानिय सृजनसिल सांस्कृतिक समह मार्फत दैनिक आबश्यक सामाग्री उपभोक्ताको घर घरमै पुगेर बितरण गर्न सुरु गरेको हो ।

समुहले बिहान र दिउसो दुइ समय दैनिक चार घण्टा दुग्ध र तरकारी बितरण गर्ने गरेको छ । त्यस्तै फोन गरेर अन्य दैनिक उपभोग्य सामाग्री मगाए बजार मुल्यमै अतरीक्त सुल्क नलिइ तत्काल उपलब्ध गराउने ब्यबस्था मिलाएको समुहका अध्यक्ष भुपेन थिङ्गले जानकारी दिनुभयो ।

केहि दिन अघि प्रहरी चौकी हिलेमा भिड नियन्त्रण गर्न भएको छलफलमा सृजनसिल सांस्कृतिक समह मार्फत दैनिक आबश्यक सामाग्री उपभोक्ताको घर घरमै पुगेर बितरण गर्ने प्रस्ताब अघि सारेको थियो । सोहि अनुरुप समुहले कार्य अघि बढाएको हो ।

यसरी बितरण सुरु गरेपछि दैनिक उपभोग्य सामाग्री, तरकारी तथा बिहान दुग्ध खरिद गर्ने समयको भिडभाडमा कमि भएको स्थानिय गौरब कार्किले जानकारी दिनुभयो । यो कार्यको लागि स्थानिय गुराँसे टिस्टेट प्राली र जुनु चियाबारी कम्पनीले दुइ बटा सबारीसाधन उपलब्ध गराएका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖